दसैंमा यातायात सञ्चालन गर्न ६८ लाख

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

busधादिङ,  – दसैं अवधिमा ग्रामीण यातायात तत्काल सुचारु गर्न जिविस धादिङले ६८ लाख विनियोजन गरेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न भेकमा पुग्ने ५२ वटा निर्माणाधीन र स्तर सुधार नगरिएका ग्रामीण सडक मर्मतसुधार गर्न उक्त रकम उपभोक्ता समूहसँग सम्झौता गरी कामको थालनी गर्ने निर्णय गरेको हो ।

भदौ अन्तिम साता जिविस धादिङको सर्वदलीय संयन्त्रले चालु आर्थिक वर्ष २०७१/७२ मा मर्मतसम्भार कोष, जिविस कोष, विकास अनुदान, स्थानीय यातायात पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट खर्च हुने गरी तत्काल सडक मर्मत गर्न ६७ लाख ४० हजार रकम सम्बन्धित गाविसको सिफारिसमा स्थानीय उपभोक्तालाई नै जिम्मा दिने निर्णय गरेका हौं,’ स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले भने ।

जिल्लाका विभिन्न गाविसका बासिन्दाले प्रयोग गर्न सबैभन्दा बढी यातायात सञ्चालन हुने धादिङबेंसी-सल्यानटार ३४ किमि सडकलाई तत्काल सुचारु गर्न हाल डेढ लाख रकम धादिङ यातायात व्यवसायी समितिलाई जिम्मा दिइएको छ । जिल्लाका उत्तरी भेकका बासिन्दाले प्रयोग गर्ने साङकोष-तिप्लिङ ३५ किमि सडक खण्डलाई मर्मत गर्न हाल ५ लाख रकम प्रस्ताव गरिएको छ । जिविसले कम्तीमा ५ किमिको मिलनटोल-घैंटेचौतारो सडकलाई ५० हजारदेखि ३५ किमिको सडक मर्मत गर्न ५ लाख दसैंअगावै खर्चिने छ । ग्रामीण भेकका ५२ सडक मर्मतका लागि सम्बन्धित गाविसको सिफारिससहित उपभोक्ता समितिलाई सम्झौता गर्न आउन गत ५ गते स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेपछि सिफारिस सहित सम्झौता गर्न आउनेहरू ओइरो लागेका छन् ।

गाविसहरूले पनि आमभेला गरी उपभोक्ता समूह गठन गर्नुको साटो राजनीतिक सहमतिमा सिफारिस दिएर पठाएका छन् । जिविसले दसैंअगावै तत्काल मर्मत गर्न लागेका ५२ वटा सडकको कुल मर्मत खर्च १ करोड ७ लाख २० हजारको स्टिमेट गरेको थियो । ‘वषर्ाले बिगारेका सडक मर्मत नभएपछि सार्वजनिक यातायात संचालन नभएका कारण गाउँलेहरूलाई निकै सास्ती व्यहोर्नुपरेको छ । ‘एक पोका सरसामानको ५ सयसम्म रकम तिरेर ट्रकमा यात्रा गर्नुपरेको छ,’ सल्यानटारका व्यापारी रामकृष्ण अर्यालले बताए ।

-इ कान्तिपुर डट कमवाट