धादिङमा राजमार्गका होटल सुधार्न एक हप्ताको म्याद

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी/ धादिङ,  – पटक पटक अनुगमन गरी सेवा सुबिधालाई राम्रो वनाउन आग्रह गर्दा पनि अटेर गर्दै आईरहेका धादिङमा राजमार्ग क्षेत्रमा सञ्चालित केही होटललाई सुधार गर्न जिल्ला अनुगमन समितिले थप एक हप्ताकोे म्याद दिएको छ ।

SAM_4719 - Copyबिहीबार राजमार्ग क्षेत्रको होटल अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको नेत्तृत्वमा खटिएको जिल्ला अनुगमन समितिले १३ वटा होटलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश होटलले विगतमा भन्दा सेवा सुविधालाई सुधार गर्दै ल्याएपनि खाना बनाउने भान्छा कोठा र भान्छेको सरस फाईमा भने ध्यान दिन नसकेको भन्दै सुधारका लागि एक हप्ताको म्याद दिएको हो । दशैंको वेला राजमार्गमा गुड्ने सवारी साधनको चाप बढ्नुका साथै यात्रुको संख्या पनि धेरै हुने भएकाले होटलहरुमा गुणस्तर नहुँदा लाखौं यात्रुको स्वास्थ्यमाथि खेलवाड हुने अनुगमन समितिका संयोजक शर्माले वताउनुभयो ।  अनुगमन समितिले वेनिघाटको रिभर साईड रिर्सोट, सलाङघाटको चितवन स्टाफ होटल र कृपान्जली होटललाई एक साता भित्र होटलको भान्छाको सुधार गर्न लिखित निर्देशन दिएको छ ।

SAM_4869 - Copyत्यसैगरी अनुगमन समितिले शितलवजारको सुब्बा होटल (टुप्पि), मलेखुमा रहेको होटल श्रीनगर, नौविसेको आंधीखोला, केबी होटल, धार्केको होटल पाथिभरा र भेरी होटलका साथै खयरघारीको कान्तिपुर होटलको पनि अनुगमन गरेको थियो ।

राजमार्गका होटलले मुल्यमा मनपरी गर्दै आएपनि  खानेकुराको गुणस्तरमा भने केही सुधार गरेकाले अव सरसफाईलाई पहिलो प्राथमिकता दिन अनुगमन समितिमार्फत सचेत गराईएको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष वेदवहादुर खाँडले जानकारी दिनुभयो ।  अनुगमन टोलीमा जिल्ला अनुगमन समितिका सदस्यहरुका साथै उपभोक्ता हित संरक्षण मञ्च, खाद्य अधिकार जिल्ला संजाल, फियान नेपाल लगायतका उपभोक्ताअधिकारका लागि कृयाशिल संस्थाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।SAM_4899 - Copy राजमार्गका होटलको सेवा सुविधा र गुणस्तर सुधारका लागि फियान नेपालले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी चार वर्ष देखि नियमित रुपमा होटल अनुगमन तथा होटल संचालकहरुलाई सरसल्लाह समेत दिंदै आईरहेको छ ।