पृथ्वीराजमार्गको सिम्लेमा दुई वस ठोक्किंदा घटनास्थलमानै पांचको मृत्यु

521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१३ असोज ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्लेमा भएको वस दुर्घटनामा परी पांच जनाको घटनास्थलमानै ज्यान गएको छ ।
काठमाण्डौंवाट कांकडभिट्टाका लागि छुटेको ना ५ ख ४३८४ नम्बरको वस संग वेनिबाट काठमाण्डौं आउंदै गरेको ना ३ ख ७६३३ नम्वरको वस सोमवार विहान ६ वजे तिर एकआपसमा ठोक्किंदा भएको सो दुर्घटनामा परी पांच जनाको ज्यान गएको हो । दुर्घटनामा परी २० भन्दा बढी गम्भिर घाईते भएका छन । अत्याधिक गतिमा रहेको दुवै वस उकालो वाटोमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी ज्यान जानेहरुको सनाखत हुन सकेको छैन । मृतकहरमा कांकडभिट्टा जांदै गरेको वसमा यात्रारत आमा छोरी र वेनिबाट काठमाण्डौंआउंदै गरेको वसका चालक सहति ३ जना भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात स्थानीयवासी,राजमार्ग स्वयंसेवक, प्रहरी,यातायात मजदुर लगायतले घाईतेहरुको उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाईएको छ ।