धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा बैरेनीका रविन कार्की

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10714751_10202777391266397_1187725969_nअष्ट्रेलिया –धादिङ जिल्लावाट अध्ययन तथा अन्य कार्यका लागि अष्ट्रेलिया पुगेका धादिङवासीहरुको साझा संस्था धादिङ अष्ट्रेलिया समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अष्ट्रेलियाको सिड्नी शहरमा मंगलवार सम्पन्न भएको समाजको प्रथम अधिवेशनले धादिङको बैरेनी गाविस वडा नम्बर ९का स्थायीवासी रविन कार्कीको अध्यक्षतमा १९ सदस्यिय कार्य समितिको चयन गरेको छ । कार्य समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अर्जुन केसी, सचिवमा जनक सिम्खडा,सहसचिवमा सविन थापलिया, कोषाध्यक्षमा राधिका वानियाँ र सह कोषाध्यक्षमा अकला पाण्डे चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा दिनेश कार्की, उषा शर्मा,अशिम लम्साल,दयाराम सिम्खडा, थानु शाक्य, दिपक ओझा,रविन रेग्मी,कपिल सिम्खडा,कल्याणबिक्रम कार्की,रमेश श्रेष्ठ,अशोक भण्डारी,अर्जुन गिरी,राजेश कार्की चयन भएका छन ।
10716232_10202777391706408_1688767469_nयसै गरी समाजको सल्लाहकारमा दिपक धमला, प्रतिक्षा पाण्डे,मुरारी लम्साल, सन्तोष पाण्डे , दिपक सिम्खडा र रामजी पौडेल रहनु भएको छ । सेप्टेम्बर ७ तारिकका दिन सिडनीको एसफिल्ड पार्कमा अष्ट्रेलियामा रहेका धादिङवासीहरुको भेला सम्पन्न भई आदमघाटका किरण अधिकारीको अध्यक्षतामा समाजको तदर्थ समितिको गठन गरिएको थियो । पहिलो अधिबेशनले अधिकारीलाई समाजको संरक्षकमा चयन गरेको छ । संस्थागत रुपमा धादिङ जिल्लामा सामाजिक कार्यहरु संचालन गरी समाज प्रतिको उत्तर दायित्व निर्वाह गर्न धादिङ अष्ट्रेलिया समाज सक्रिय रहने नवनिर्वाचित अध्यक्ष कार्कीले धादिङ न्युजलाई वताउनु भयो ।
अष्ट्रेलियामा अध्धयन तथा अन्य कार्यका लागि धादिङ जिल्लाका ५ सय भन्दा बढी पुगेको वताईएको छ ।समाजले छिट्टैनै धादिङ जिल्लाको तीनवटै क्षेत्र स्तरीय समितिको गठन गर्ने तयारी रहेको संस्थापक अध्यक्ष एवम वर्तमान कार्य समितिका संरक्षक किरण अधिकारीले जानकारी दिनुभयो ।