नेत्रावती मिडियाको निमित्त सम्पादकको जिम्मेवारी काजी श्रेष्ठलाई

703 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10288758_646469572091143_477701957991622963_nधादिङ–नेत्रावती मिडिया प्रा.लि.द्वारा प्रकाशित हुंदै आईरहेको नेत्रावती साप्ताहिक र धादिङ न्युज डट कमको सम्पादक एशोदा नेपालले असोज २२ गते देखि पदवाट राजिनामा दिनु भएको छ । पत्रिकाको प्रकाशन आरम्भ भएदेखिनै विभिन्न जिम्मेवारीमा रहंदै २०७० साउन ४ गते वाट नेत्रावती साप्ताहिकको सम्पादक पदको जिम्मेवारीमा रहनुभएकी नेपालले कार्यव्यस्तताका कारण आफ्नो पदवाट राजिनामा दिनु भएको हो । नेपालको राजिनामा नेत्रावती मिडिया प्रा.लि.को संचालक समितिको बैठकले स्विकृत गर्दै असहज परिस्थितिमा समेत मिडिया हाउसलाई हांकेर सफलताको शिखरमा पुर्याउन खेलेको भुमिका प्रति आभार व्यक्त गरेको छ ।
नेत्रावती साप्ताहिक र धादिङ न्युज डट कम अनलाईनको प्रकाशक संस्था नेत्रावती मिडिया प्रा.लि.ले छिट्टैनै रिक्त रहेको सम्पादक पदमा नयां व्यक्तिलाई नियुक्ति गर्ने जनाएको छ । अर्को व्यवस्था नहुंदा सम्म पत्रिका र अनलाईनको निमित्त सम्पादकको जिम्मेवारी काजी श्रेष्ठलाई दिईएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का स्थायीवासी श्रेष्ठले २०६५ सालमा  नेत्रावती साप्ताहिकको समाचारदातावाट पत्रिकामा काम शुरु गर्नुभएको थियो । अहिले पत्रिकाको प्रमुख समाचारदाताका रुपमा कार्यरत श्रेष्ठलाई नेत्रावती मिडिया प्रा.लि.संचालक समितिको असोज २२ गते बसेको वैठकले पत्रिका र अनलाईनको कार्यकारी सम्पादकमा बढुवा गर्दै निमित्त सम्पादकको समेत जिम्मेवारी प्रदान गरेको हो ।
पत्रकारिता बिषयमा स्नातकतहको अध्ययन पुरा गरी नतिजाको प्रतिक्षामा रहनु भएका श्रेष्ठ पत्रकारितामा बिशेष गरी सहकारीका बिषयमा दख्खल राख्नुहुन्छ । श्रेष्ठको अगुवाईमा नेपालकै पहिलो सहकारी अनलाईन न्युज पोर्टल सहकारी खबर डट कम समेत संचालन हुंदै आईरहेको छ ।