नुवाकोट र रसुवाका उत्कृष्ठ छात्र-छात्रालाई  सम्मान गरिदै

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

unnamed काठमाडौं ३१ असोज- नुवाकोट जिल्लाको सामुदायिक विद्यालयबाट यसबर्षको एसएलसी परिक्षामा सर्वोत्कृष्ठ अँक ल्याउने छात्र र छात्रालाई नगद सहित सम्मानि गरिने भएको छ । यसोदादेवी भगवानसिं मेमोरियल ट्रस्टले नुवाकोटसँगै रसुवा जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ठ अँक ल्याउने एकजनालाई पनि सम्मानि गर्ने भएको छ ।

संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङबाट तिनजनालाई कार्तिक ५ गते नगद १० हजार एक रुपैयाँ सहित सम्मानित गरिने भएको छ ।

ट्रस्टका महासचिव जगदिश्वर नरसिं केसीका अनुसार ५ गते बुधवार विहान ८ बजे काठमाडौं बसुन्धरामा रहेको दियालो पार्टि प्यालेसमा एक कार्यक्रम गरि सभामुखबाट उनिहरुलाई सम्मानित गरिने भएको छ ।

यसरी सम्मानित हुनेमा नुवाकोट जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ठ अँक ल्याउने छात्रमा दिपक न्यौपाने र छात्रामा सुजाता अधिकारी रहनुभएको छ ।

विज्ञान उच्च मावि नर्जामण्डपबाट न्यौपानेले ८४.१३ प्रतिशक अँक ल्याउनु भएको थियो भने चण्डेश्वरी उच्च मावि तुप्चेबाट सुजाता अधिकारीले ८०.८८ प्रतिशक अँक ल्याई विशिष्ट श्रेणीमा एसएलसी उतिर्ण गर्नुभएको थियो ।

काँग्रेस वरिष्ठ नेता अर्जुन नरसिँ केसी संरक्षक रहेको ट्रस्ट उहाँको आमा र बुवाको नाममा खोलिएको सामाजिक संस्था हो । यसोदादेवी भगवानसिं मेमोरियल ट्रस्टले नुवाकोट र रसुवामा बर्षेनि दर्जनौं ठाउँमा स्वास्थ्य शिविर तथा सामाजिक काममा सहयोग गर्दै आएको छ । यसोदादेवी भगवानसिं ममोरियस ट्रस्टको अध्यक्षमा डा. जगदिश्वर नरसिँ केसी रहनुभएको छ ।