नेकपा एमाले नीलकण्ठ नगरकमिटी गठन, संयोजकमा हरीवहादुर श्रेष्ठ

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1969373_781767825202827_4573389550153681797_nधादिङबेसी– नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिकामा आफ्नो पार्टीको कमिटी गठन गरेको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले हरीवहादुर श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यिय नगरकमिटीको गठन गरेको हो ।
नगरपालिका घोषणा हुनुअघिको साविकको चारवटा गाविस सुनौलावजार,नीलकण्ठ,साङकोष र मुरलीभञ्ज्याङ गाविसको पार्टी कमिटीलाई बिघटन गर्दै एमालेले नगरकमिटी गठनका लागि शुक्रवार धादिङबेसीमा संयुक्त भेला सम्पन्न गरेको हो । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको नगर भेलाको प्रमुख अतिथी पार्टीका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी रहनु भएको थियो ।
साविकको चारवटा गाउं कमिटीको संरचना बिघटन गर्दै आगामी तीन महिना भित्र नगर सम्मेलन सम्पन्न गर्ने गरी हरिकुमार श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यिय नगर कमिटीको गठन गरिएको हो । नव गठित कमिटीको सह संयोजकमा रेशमराज सिम्खडा, सचिवमा नवराज लम्साल,सह संचिवमा वाबुराम लम्साल रहनु भएको छ ।