बालकोट पूर्ण साक्षर घोषणा

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

माधव अधिकारी
Balokot4 (1)भक्तपुर,१ कार्तिक- बालकोट गाविसलाई भक्तपुर जिल्लाको पहिलो पूर्ण साक्षर गााविस घोषणा गरिएको छ ।
शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले बालकोट गाविसको कार्यालय द्वारा स्थानीय माउण्ट भ्यू इड्डलिस बोर्डिड्ड स्कूलमा शनिबार आयोजित घोषणा सभामा सो घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महानिर्देशक डा. अवस्थीले पूर्ण साक्षर घोषणा कार्य सुरुवात भएको बताउँदै भविष्यमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।समारोहमा उद्योग मन्त्रालयका सचिव उत्तम भट्टराई,अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल, प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुर,स्थानीय विकास अधिकारी पशुपति पुरी , जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा लगायतले बधाई दिएका थिए ।
जिल्लाका १६ गाविसमध्ये पहिलो पूर्ण साक्षर बन्नमा सहयोग गर्ने सबैलाई गााविस सचिव अर्जुन रिजालले धन्यवाद दिए ।घोषणा सभाअघि एक प्रभाफेरी आयोजना गरिएको थियो ।
१५,८८१ जनसंख्या रहेको बालकोटमा पछिल्लो समयमा निरक्षर ३७४ जनालाई स्थानीय माउण्ट भ्यू इड्डलिस बोर्डिड्ड स्कूल,गाविसको कार्यालय लगायतका संघ–संस्थाको सक्रियतामा साक्षर बनाइएपछि पूर्ण साक्षर घोषणा भएको प्रिन्सिपल तथा प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार महर्जनले बताए ।