भारतीय प्रधानमन्त्री मोदीको शासनमा बलियो नियन्त्रण

540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

modi 1मुम्बई, २ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी दल भारतीय जनता पार्टीले आइतबार दुई प्रमुख राज्यमा भएका निर्वाचनमा विजय हासिल गरेको छ र पाँच महिनाअगाडि राष्ट्रिय रूपमा सरकारमा पुगेको यस दलले शासनमा आफ्नो नियन्त्रण बलियो बनाएको छ ।

प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले महाराष्ट्रमा विजय हासिल गरिहेको छ र यो दल १५ वर्षसम्म यस पश्चिमी राज्यमा शासन गर्ने मध्यबामपन्थीप्रति झुकाव राख्ने प्रतिद्वन्द्वी कङ्ग्रेस पार्टीभन्दा निकै अगाडि रहेको देखिएको छ ।

बीजेपीको यस राज्यका अध्यक्ष देवेन्द्र फडणवीसले आफ्नो दलले निश्चय पनि महाराष्ट्रमा सरकार बनाउने बताउनुभयो । उहाँले उक्त जानकारी मुम्बईमा पत्रकारहरूलाई दिनुभएको हो ।

मुम्बईमा भारतीय जनता पार्टीको मुख्यालयमा समर्थकहरूले पटाका पड्काएका छन्, मिठाइ बाँडेका छन् र फूल वर्षाएका छन् ।

बीजेपीले उत्तरी हरयाणामा पनि विजय हासिल गरेको छ र यो नयाँ दिल्लीको सीमामा पर्छ । यहाँ एकपटक शक्तिशाली बनेको कङ्ग्रेस पार्टीले १० वर्षसम्म शासन सञ्चालन गरेको थियो ।

हाल पराजय भोगिरहेको कङ्ग्रेसका लागि यो अर्को प्रहार हो । यस दलको गान्धी वंश परम्पराले भारतलाई तीन प्रधानमन्त्री दिएको छ । यो दल मे महिनामा भएको निर्वाचनमा वीजेपीसँग नराम्रोसँग पराजित भएको हो ।

हरयाणाका पदमुक्त हुनलाग्नुभएका मुख्यमन्त्री बीएस हुड्डाले पहिले कङ्ग्रेस पार्टीले जनादेश प्राप्त गरेझैँ बीजेपीले जनादेश प्राप्त गरेको र अब उसले सरकार गठन गर्ने बताउनुभयो ।

हाल लोकप्रिय नेता प्रधानमन्त्री मोदीले गत साता निकै कडा परिश्रम गरी निर्वाचन प्रचारप्रसार गर्नुभएको थियो ।

हालको विजयले उहाँलाई आफ्नो सुधारको बचनलाई अगाडि बढाउन अझै सहयोग पुग्ने अनुमान गरिएको छ । उहाँका केही निर्णय अलोकप्रिय पनि हुनसक्नेछन् ।

मन्द भएको अर्थतन्त्रमा सुधार गर्ने तथा व्यापक भ्रष्टाचार सफा गर्ने बचनका साथ राष्ट्रिय निर्वाचनमा मोदीले अत्यधिक रूपमा विजय हासिल गर्नुभएको थियो । उहाँका धेरै सुधार अझै पनि अगाडि आएका छैनन् ।

नतिजाको अगाडि दिनमा प्रधानमन्त्री मोदीको सरकारले डिजेलको मूल्यमा नियन्त्रण हटाएको छ । अब त्यसमा बजारको प्रभाव पर्नेछ । यसले लगानीकर्ताहरू आकर्षित हुने तथा अनुदान घटाउन सहयोग पुग्ने अनुमान गरिएको छ ।

–ः ६ ः–

यस सफलताले भारतीय जनता पार्टीलाई संसदको माथिल्लो सभामा आफ्नो शक्ति बलियो बनाउन सहयोग गर्नेछ । यसले निरन्तर रूपमा कानुन पारित गर्न सहयोग दिनेछ । भारतीय जनता पार्टीको हाल माथिल्लो सभामा बहुमत छैन । त्यहाँको गठन क्षेत्रीय सभामा जितेको स्थानको आधारमा निर्धारण हुन्छ ।

दिल्लीमा काम गर्नुहुने राजनीतिक विश्लेषक समिर शरणले यस विजयले प्रधानमन्त्री मोदीलाई आफ्नो सुधारलाई अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो ।

अब्जरभर रिसर्च फाउन्डेसनका विचारक शरणले यस विजयले मोदी हालको नेता भएको कुरालाई पुष्टि गर्ने बताउनुभयो ।

महाराष्ट्रमा विजय हासिल गरे पनि बीजेपीले पूर्ण बहुमत प्राप्त नगर्ने देखिन्छ । यसका कारण उसलाई सरकार गठन गर्न साझेदारको अवश्यकता पर्नेछ ।

हिन्दु राष्ट्रवादी बीेजेपीले महाराष्ट्रमा २५ वर्षसम्मको साभेदार तथा दक्षिणपन्थी दल शिवसेनासँग आफ्नो सम्बन्ध पुनः सुधार गर्ने अपेक्षा गरिएको छ ।

बीजेपीका वरिष्ठ नेता एल.के. आडवाणीले महाराष्ट्र राज्यमा पुरानो गठबन्धन पुन कायम रहने आफूले आशा गरेको बताउनुभयो ।

महाराष्ट्रको राज्यस्तरीय सभामा बीजेपी १२० भन्दा बढी स्थानमा अगाडि रहेको देखिएको छ । कङ्ग्रेस पार्टी भने २८८ स्थानमा करिब ४३ स्थानमा अगाडि बढिरहेको देखिएको छ । शिवसेना पनि ५९ स्थानमा अगाडि बढेको देखिएको छ ।

हरयाणामा बीजेपीले ४९ स्थानमा अग्रता लिएको छ र ९० स्थानको यस सभामा कङ्ग्रेस १५ स्थानमा अगाडि छ ।