समुहबाट बन्यो महिलाहरुको सहकारी

703 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कल्लेरी/ पछिल्लो समयमा महिलाहरुको सशक्तिकरण र सामुहिक कार्यमा सहकार्य र विकास हुन थालेको छ । धादिङ जिल्लाको कल्लेरी गाविस वडा नं. २ कल्लेेरीटारका महिलाहरु ३ वर्षअघि ३ वटा समुहमा आवद्ध भएर शुरु गरेको अभियान अहिले ८ वटा समुहमा पुेको छ ।

समुहमा आवद्ध भएका सदस्यहरुले ढेड वर्षअघिनै श्री परिश्रमि महिला कृषि सहकारी संस्था लि गठन गरिसकेका छन् । हेफर इन्टरनेशनलको सहयोगमा श्रोत पहिचान तथा व्यवस्थापन समाज -रिम्स)नेपालले २०६७ साल मंसिरबाट सामुदायिक विकास परियोजना सञ्चालन गर्न ३ वटा दिदि समुह सरस्वती परिवार समुह, परिवर्तन परिवार समुह र जालपा परिवार समुह गठन गरेको थियो । हरेक समुहले संस्थाबाट लिएको वाख्रा उपहारबाट पहिलो पाठी अर्को वहिनी समुह गठन गरी उपहारस्वरुप हस्तान्तरण गर्नु पर्ने नियमानुसार सरस्वती परिवार समुहले सक्रिय परिवार समुह, परिवर्तन परिवार समुहले प्रयत्न परिवार समुह र जालपा परिवार समुहले जागृती परिवार समुह गठन गरेर उपहार हस्तान्तरण गरिसकेको सहकारी संस्थाकी सञ्चालन सचिव एवं प्रवन्धक पर्ुण्ामाया श्रेष्ठले बताउनुभयो ।

दोश्रो चरणमा बहिनी समुह गठन गर्ने नियमानुसार सक्रिय परिवार समुहले सफलता परिवार समुह र प्रगति परिवार समुह र जागृती परिवार समुहले भने बहिनी समुह गठन गर्न वांकी रहेको प्रवन्धक श्रेठले बताउनुभयो । सात वटा समुहका १ सय ७२ जना सदस्यहरु सहकारी संस्थाको शेयर सदस्य बनिसकेका छन् । संस्थाको शेयर पूंजी ३ लाख ३४ हजार र वचत २ लाख ४७ हजार आठ सय गरी ५ लाख ८१ हजार आठ सय रुपयां नै १४ प्रतिशत व्याजदरमा लागनी गरेको सहकारी संस्थाकी कोषध्यक्ष शान्ता कार्की बताउनुहुन्छ ।समुह गठन पश्चात दिदी बहिनीहरु एक ठांउमा जम्मा भएर छलफल गर्ने अवसर मिलेको, वचत गर्ने वानीमा विकास, सामुहिकताको भावना र विकास, गोठ तथा खोर सुधार र तरकारी खेती सम्वन्धि तालिम पाएको प्रवन्धक श्रेष्ठले बताउनुभयो । सहकारी गठन पश्चात सहकारी स्कीम खेती, प्लाष्टिक पोखरी र कृषि तालिम तथा वीउविजन समेत पाएको प्रवन्धक श्रेष्ठ बताउनुहुन्छ । हरेक महिनाको १ गते छुट्टाछुट्टै स्थानमा ७ वटै समुहको वैठक वसी मासिक वचत उठाउने, ऋण लागनी तथा ऋण तथा व्याज असुली गर्ने हरेक ७ गते सञ्चालक समितिको वैठक वस्ने गरेको पनि प्रवन्धक श्रेष्ठले जानकारी दिनुभयो । समुहका सदस्यहरुलाई माग अनुसार १ वटा देखि ४ वटासम्म वाख्रा उपहार दिएकोमा चमेली श्रेष्ठले २ वटा वाख्रा लिएकोमा अहिले ३ वटा पाठी २ वटा खसी छ भने १ वटा खसी १० हजारमा बेचिसक्नुभएको छ । माया पौडेलले २ वटा वाख्रा लिएकोमा २ वटै उपहार दिई सकेको र अव आफसंग २ वटा माउ बाख्रा, १ वटा वोका १ वटा खसी रहेको र १ वटा खसी ७ हजार ५ सयमा बेचेको उहांले बताउनु भयो ।

कार्यक्रमबाट नयां कुरा सिक्न र आयआर्जन गर्ने बाटो बनेको सदस्यहरुको भनाई छ । सहकारी संस्थाकी कोषाध्यक्ष शान्ता कार्कीले १० बर्षअगाडी कृषि समुहबाट शुरु भएको यात्रा अहिले सहकारीमा पुग्दा खुशी लागेको बताउनु भयो ।