फूल खेतीवाट धादिङका किसानहरु लाभान्वित

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङबेसी बिचवजार चोकमा लक्ष्मीपुजाको लागि फुल बिक्री गर्न वसेका किसानहरु । प्रति माला र सयपत्री फूलको गुच्छा एक सय रुपैया देखी डेढ सय रुपैया सम्ममा बिक्री भएको छ ।  तस्बिरः केशव अधिकारी ÷धादिङ
धादिङबेसी बिचवजार चोकमा लक्ष्मीपुजाको लागि फुल बिक्री गर्न वसेका किसानहरु । प्रति माला र सयपत्री फूलको गुच्छा एक सय रुपैया देखी डेढ सय रुपैया सम्ममा बिक्री भएको छ ।
तस्बिरः केशव अधिकारी

धादिङ,- धादिङका किसानले फूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका छन । यति वेला राजधानीको वजारमा लक्ष्मी पुजाका लागि चाहिने फूल र माला बिक्री गर्न धादिङका किसानलाई भ्याई नभ्याई छ । राजधानीको नजिकै भएका कारण जिल्लाका किसानले बर्षेनी तिहारको वेला पारेर व्यवसायिक रुपमा फूलको बिक्री बितरण गरी आम्दानी लिंदै आईरहेका छन । परम्परागत खेतीवाली बाट भन्दा फूल खेतीवाट राम्रो आम्दानी लिन सकिने भएपछि केही बर्ष यता धादिङका किसानहरुको आकर्षण फूल खेतीतर्फ बढ्न थालेको हो ।
अन्नवालीको तुलनामा फूल खेती गर्दा छिटै आम्दानी लिन सकिने र वजारको पनि समस्या नभएका कारण किसानहरु व्यवसायिक रुपमा नै फूल खेती तर्फ आकर्षित भएको बैरेनीका जितवहादुर नेपालीले वताउनु भयो । धादिङको नौविसेधार्के क्षेत्रमा व्यवसायिक रुपमा धेरै जातको फूल खेतहुंदै आईरहेको भएपनि राजमार्ग आसपासका वस्तिमा भने तिहारलाई लक्षित गरेर सयपत्री तथा मखमलीको फूल खेती हुंदै आईरहेको छ ।
फूल खेतीको लागि जिल्लाको हावापानी उपयुक्त हुनुका साथै वजारसम्मकोे पहुंच पनि भएका कारण जिल्लाको छत्रेदेउराली, जिवनपुर, नौविसे, केवलपुर, थांक्रे, तसर्पु, भुमेस्थान, गोगनपानी,बैरेनी,कल्लेरी, पिडा, गजुरी, किराञ्चोक लगायतका गाविसमा व्यवसायिक रुपमा फुल खेती हुंदै आईरहेको किसानहरु बताउंछन ।
धादिङ जिल्लामा मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल पछि राम्रो आम्दानी दिने वालीका रुपमा फूलखेती रहेको भुमेस्थानका चन्द्रवहादुर तामाङले वताउनु भयो । माला उनेर काठमाण्डौं पुर्याउंदा प्रति माला न्युनतम १ सय रुपैया देखी राम्रो मालाको सात सय रुपैया समेत मुल्य पाउने गरेको तामाङको भनाई छ थोरै खेती गर्नेले पनि बर्षको २० हजार रुपैया आम्दानी लिने गरेका छन । मौसम हेरेर फूल खेती गर्न सक्दा राम्रै आम्दानी लिन सकिने भएकाले व्यवसायिक खेती तर्फ किसानहरु लागेको तामाङ बताउनुहुन्छ ।
धादिङ जिल्लामा उत्पादित अधिकांश फुल राजधानीमा बिक्री हुने गर्दछ । थोरै किसानले भनेजिल्लाकै वजारमा फुल बिक्री गर्ने गरेका छन । सदरमुकाम धादिङबेसी आसपासको निवुंवास्वांरा,पौवा,सांखु लगायतका वस्तिमा पनि केही बर्ष देखि व्यवसायिक रुपमा फुल खेती शुरु हुन थालेको छ । सदरमुकामको वजारलाई चाहिने फूलमाला स्थानीय उत्पादनले नधानेपछि राजधानीवाट मगाउनु परेको स्थानीयको भनाई छ  । बिशेष गरी लक्ष्मीपुजाका दिन पसल,बैक तथा बित्तिय संस्थाहरुले राम्रो मुल्य तिरेर फुलमाला किन्ने गरेको धादिङबेसी बिचवजारमा फुलबिक्री गर्न वसेकी दिलमाया श्रेष्ठले वताउनु भयो । यो बर्ष तिहार केही अघि परेकाले स्थानीय उत्पादनमा ढिलाई हुन पुगेको किसानहरुले वताए ।
तिहारमा दिदीभाई माला लगाउन प्रयोग गरिने सयपत्री र मखमली फुलको उत्पादन घटेको छ । प्राय जेठ असारमा लगाईने सयपत्री र मखमलीका विरुवा हुर्कने वेलामा विभिन्न किसिमका रोग देखा परेर विरुवा घट्न पुगेको छ भने अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष तिहार केही चाडो भएकाले फुलफुल्न नभ्याएको किसानहरुको भनाई छ । धादिङमा अहिले ६ देखि ७ हेक्टर क्षेत्रफलमा फुल उत्पादन हुने गरेको र आयआर्जको राम्रो माध्यम वनाउन सकिने भएकाले आगामी बर्षमा खेतीको क्षेत्र बिस्तार गर्नुपर्ने बिज्ञहरुको सुझाव छ ।