धादिङमा ७६ नाल भरुवा बन्दुक संकलन

701 पटक पढिएको

सम्पादक: Dhadingnews.com

37758183धादिङ/ जिल्ला प्रहरी कार्यालय धादिङले अबैध हात हतियार संकलन अभियान अन्तर्रगत जिल्ला भरीवाट ७६ नाल भरुवा बन्दुक संकलन गरेको छ ।  स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार तथा विष्फोटक प्रदार्थ बुझाउन गरेको आग्रह अनुसार जिल्लाका विभिन्न स्थानवाट ७६ नाल भरुवा बन्दुक  संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले आईतावर पत्रकार सम्मेलन गरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आईतवार आयोजित पत्रकार सम्मेलनमा संकलित भरुवा वन्दुक र्सार्वजनिक गरिएको थियो । जिल्लाको उत्तरी क्षेत्रका प्रहरी चौकीहरुवाट धेरै हतियार संकलन गरिएका छन । मध्ये क्षेत्रवाट केही हतियार संकलन गरिएपनि दक्षिणी क्षेत्रवाट भने एक थान हतियार पनि संकलन नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै हतियार कटुञ्जे गाविसमा रहेको प्रहरी चौकी टोडकेवाट ५० नाल संकलन गरिएको छ । यसैगरी धुंवाकोट प्रहरी चौकीवाट १५ नाल,इलाका प्रहरीसुनौलावजारवाट २ नाल,इलाका प्रहरी सल्यानटारवाट २ नाल, इलाका प्रहरी दार्खावाट ४ नाल ,प्रहरी चौकी धुंवाकोटवाट २ नाल र अस्थायी प्रहरी पोष्ट सांधभञ्ज्याङवाट १ नाल भरुवा वन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंहले वताउनुभयो ।
धादिङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलका अनुसार मुलुकलाई अबैध हतियार मुक्त बनाउन र्सवसाधरणसंग रहेका अबैध हात हतियार तथा विष्फोटक पदार्थ प्रहरीलाई बुझाउन गृह मन्त्रालयले र्सार्वजनिक  सूचना निकालेको थियो । तोकिएको अवधिभित्र नबुझाई कसैले अबैध हतियार राखेको पाईएमा त्यस्ता व्यक्तिलाई ५ बर्षकैद र १ वर्षम्म जरीवाना गर्न सकिने कानूनी प्रावधान रहेको छ । स्थानीय प्रशासनले अव छिट्टैनै गाउं गाउंमा प्रहरी परिचालन गरी अवैध  हतियार खोजतलास शुरु गर्ने खरेलले बताउनु भएको छ ।