आकाशको तारा गनेको,टलक्कै ऐना टल्कियो-देविका के.सी

928 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

देविका के.सी. नेपाली लोक संगित क्षेत्रमा सबैले चिनेको नाम हो । निकै लोकप्रिय पनि भइसकेकी छिन् । देवीका परिश्थिती अनुासारको गित निकाल्न सिपालू छिन् । नेपाली लोक संगितलाई विदेशमा समेत चिनाईरहेकी छिन्् । उनको जन्म २०४१ बैशाख १८ गते पिता गोपाल के.सी. माता पवित्रा के.सी. को कोखबाट सिन्धुपाल्चोक जिल्लामा भएको हो। प्रस्तुत छ धादिङ न्युजका लागि सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटका किरण अधिकारीले उनै गायिका संग गर्नुभएको कुराकानी ।
debikaa kc१. आराम हुनुहुन्छ ? के मा व्यस्त हुनुहुन्छ ?
हजुर आराम छु । हामी कलाकार मान्छे केमा व्यस्त हुनु । उही गित संगितमा व्यस्त छु । विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेको छु । आफ्नो नित्यकर्म गर्ने पर्यो ।
२. निकै सन्तुष्ट हुनुहुन्छ आफ्नो पेशाप्रति ?
म आफ्नो पेशा प्रति एकदम सन्तुष्ट छु । आफ्नो काम प्रति मलाइ केही गुनासो गर्ने अवश्य छैन ।
३. देविका के.सी. लाई के भनेर चिन्ने ?
म एउटा लोक गायिका हुँ । मलाई त्यही नामले चिन्न अनुरोध छ ।
४. संगित के हो ?
संगित एउटा जीवन जीउने आधार, सुख दुखको साथ अनि प्राणी जगतको जीउने आधार ।
५. लोक संगितमा विकृती आयो भन्छन् नि ?
विकृति आएको छ । पक्कै यो कुरा सही हो । यदि यसलाई सुधार गर्न सकिएन भने लोक संगितको बजार भोली गएर धरासायी हुन्छ ।
६. यसलाई रोक्ने उपाय पनि छ होला ?
यसलाई रोक्न सकिन्छ । यसमा सबैभन्दा बढी हामी गायक गायिका सर्जक, वितरक नै सजग हुनुपर्छ ।
७. विदेश र नेपालमा के फरक छ ?
केही फरक देख्दिन किनकी जहाँ भएपनि नेपाली लोक संगित पस्कने हो । अझ भनौ नेपालछोडेर आइसकेपछि झनै आफ्नो भाका संगित नै बढी मन पर्ने हुन्छ र मन पराउँछ ।
८. कुन कुन देशमा आफ्नो प्रस्तुती दिनुभयो ?
म अहिले कतार, दुवई, अमेरीका, युरोपको प्रय देश ओमन लगायतका स्थानमा पुगेर नेपाली लोक संगित पस्कीसकेको छु ।
९. हालसम्म कतिवटा एल्बम बजारमा ल्याउनु भयो ?
मेरो हालसम्म गोल्डेनको सारिमा, घर त नुवाकोट, चिठीमा फोटो पठाउ, बनेपा सिन्धुली सिंहदरवार शहिदगेट, रोधी धाउनाले, आकाशको तारा गनेको, श्रीमान् श्रीमती, टलक्कै ऐना टल्कियो छन् ।
१०. तिजको पनि तपाइको चर्चित गित छ नि हैन ?
हजुर। तिजको वाजी ठोकम् आउँ, नेपाली नै हैन, हामी नेपाली, बुहारप्को पाइ र मलाई त्यहि थाहा छ लगायत छन् ।
११. तपाइ र पशुपति शर्माले गाएको एउटा तिजको गित निकै विवादित भयो र बन्द गर्नुभयो नि?
धेरै विवादित भएको हैन । देशप्रति नै समर्पित थियो । तर, बुझिएन, त्यसपछि हामीले नै बन्द गयौँ । तर, त्यो गित कोही प्रति थिएन । गित संगितको माध्यमबाट छुवाछुत रोक्ने अभियान थियो त्यो बुझ्ने प्रयास भएन ।
१२. प्रेम के हो तपाइको विचारमा ?
मेरो बुझाई प्रेम दुइ मुटु र आत्मा विचको मिलन हो । प्रेम विना यो जीवन अधुरो हुन्छ ।
१३. बाटोमा हिड्दै गर्दा अचानक प्रेम प्रस्ताव राख्ने मान्छे भेट्नुभयो भने ?
हासो …………. । खासै त्यस्तो भएको छैन । तर पनि त्यस्तो भयो भने हासेर पछि कुरा गरौँला भनेर हिड्छु ।
१४. अन्तमा के भन्नु हुन्छ ?
मेरो भावनाहरु राख्न दिनु भयो ।, तपाई र तपाइको पत्रिका अनि धादिङ न्युज डट कमको प्रगतीको कामना अनि ढिलै भएपनि शुभ दिपावलीको हार्दिक शुभकामना सबैलाई ।