आफु दुःखमा डुबेर अरुलाई हसाउन सक्नुपर्छ–गायिका क्षेत्री

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लोक गायिका बिष्णु क्षेत्री नेपाली लोक संगितमा क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । नैनरिसम्, चुलो बलाउन, सलैजो, देवीदेउता भाके र नमिठो दशै लगायतका एल्बम बजार ल्याइसकेकी छिन् । पछिल्लो समय अलि धेरै व्यस्त हुन थालेकी छिन् । उनी गायिका संगै मोडल त्यसतै कायृक्रम संचालित पनि हुन् । निकै मिलनसार छिन् उनी, धेरै संघर्ष आत्मसाथ गर्छिन उनी । उनै लोकप्रिय गायिका क्षेत्री संग सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटका किरण अधिकारीले धादिङ न्यूज डट कमका लागि गरेको कुराकानी

bishnu chhetri १. के गर्दै हुनुहुन्छ आजकाल ?
दैनिक नित्यकर्म गर्दैछु । गित संगित क्षेत्रको मान्छे गित संगित छोडेर अन्त जान नसकिने उही क्षेत्रमा छु । नयाँ एल्बमको तयारी छु
२. गित संगित के रहेछ ?
गित संगितमा दुःख सुखको साथी, जीउने आधार संगितमा भेटे । संगितले मान्छे को जीवनमा परिवर्तन ल्याइदिन्छ ।
३. कलाकार भएपछि उसना के गुण हुनपर्छ ?
कलाकार भनेपछि हेर्नुस आफु दुःखमा डुबेर अरुलाई हसाउन सक्नुपर्छ । सहन सक्ने क्षमता हुनुपर्छ ।
४. अहिले सम्म तपाइ कुन कुन ठाउँ जानुभयो । कार्यक्रमको लागी ?
म नेपालको धेरै स्थानमा पुगी सके कार्यक्रमको लागी जस्तै नुवाकोट,धादिङ, कास्की, लम्जुङ्ग, स्गाङजा ।
५. लोक गित संगितमा विकृत आयो भन्द्धन् नि ?
होला । म आएको छैन भन्दिन तर एउटा अनुरोध त्यो हामीले भन्ने भन्दा पनि दर्शक, श्रोताले छुट्टाने कुरा हो । यो कुरालाई म त्यस्तै जिम्मा लाउछु ।
६. लोक संगित कस्तो हुनुपर्छ तपाइको वीचारमा ?
लो कसंगित समाजले पचाउने सक्ने, समाज अनि गाउँ पाखाको आवाज बोल्न सक्नु पर्छ ।
७. तपाइलाई के भनेर चिन्ने ? गायिका मोडल पक र्काक्रम संचालित ?
म लोक गायिका हुँ । लोक गायिका बाटै म अगाडी आएको मान्छे हुँ । त्यसपछि मोडल अनि कार्यक्रम संचालिका ।
८. कुन विधा सजिलो ।
हेर्नुहोस कान कुनै पनि पनि सजिलो छैन । म यो तीनवटा विद्यामा तीन वटै गार्ह्रो भान्छु ।
. पछिल्लो समय चाडपर्वको अवसरमा गित निकाल्ने परम्परा शुरुवात भयो नि ?
त्यस्तै भाको छ । तर, कलाकार बाच्नको लागी यतिले हुँदैन । सदावहार चल्ने खालको गित हुनुपर्छ । लोक संगितको क्षेत्र फराकिलो छ यसलाई खुम्चाउनु हुँदैन ।
८. नेपाली हरुको महान पर्व दशैं र तिहार मध्ये कुन चाहीँ रमाइले लाग्छ तपाईलाई ?
हाम्रा हरेक चाडपर्व उत्तिकै महत्वपूर्ण र रमाईला छन । हरेक चाडपर्वले नेपाली लोकसंस्कृति र परम्पराका साथै नेपालीपन जोगाईरहेका छन । दशैं र तिहार मध्ये मलाई तिहार अलि बढी मन पर्छ । यस्को अर्थ दशैं चाँही मन पर्दैन भन्ने होइन । दशैंले भन्दा तिहारले शान्ति र समृद्धिका लागि हरेक मान्छेलाई उर्जाशिल वनाउँछ ।
.
अन्तमा केही छ ?
मेरो शब्द राख्न दिनुभएकोमा तपाईहरुलाई र बिशेष गरी धादिङ न्युज डट कमलाई हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।