भारतमा हत्याको तीसौँ वर्षमा गान्धीलाई श्रद्धाञ्जलि

689 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gandhiनयाँ दिल्ली, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, नेहरू–गान्धी परिवार तथा कङ्ग्रेस पार्टीले एक न्यून औपचारिक समारोहमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई उहाँको हत्या गरिएको ३० औँ वार्षिकीमा श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रममा भारतका नयाँ सरकारका कोही पनि मन्त्री सहभागी भएनन् ।

सन् १९८४ को ३१ मा शिख अङ्गरक्षकले उहाँमाथि गोली हानी उहाँको हत्या गरेका थिए । पूर्व प्रधानमन्त्री गान्धीले एक सम्मानित शिख मन्दिरमा लुकेर बसेका लडाकू हटाउन सेना प्रयोग गर्नुभएको बदलामा उहाँको हत्या भएको बताइन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटमा प्रधानमन्त्री गान्धीप्रति आफूले पनि श्रद्धा व्यक्त गरेको उल्लेख गर्नुभएको छ । ट्विटमा उहाँलाई पछ्याउनेको सङ्ख्या ७४ लाख रहेको अनुमान गरिएको छ ।
–ः ७ ः–

गान्धीप्रति श्रद्धा व्यक्त गर्ने समारोहमा पहिलोपटक सरकारका कुनै पनि प्रतिनिधि उपस्थित नभएको बताइन्छ ।

पूर्व प्रधानमन्त्री गान्धीकी बुहारी ६७ वर्षीया सोनियाले उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभयो । इन्दिरा गान्धीको अन्तिम समयमा सोनिया उहाँको साथमा रहनुभएको बताइन्छ ।

कार्यक्रममा सोनियाका साथमा उहाँका ४४ वर्षीय छोरा राहुल पनि हुनुहुन्थ्यो । उहाँ कङ्ग्रेसका वंश परम्पराका उत्तराधिकारी हुनुहुन्छ । यस वंश परम्पराले भारत स्वतन्त्र भएपछिको राजनीतिमा प्रभावशाली भूमिका खेलेको छ ।

पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको वार्षिकी कार्यक्रमबाट पर प्रधानमन्त्री मोदी तथा मन्त्रीहरूले इन्डिया गेटबाट राजधानीको मुटुमा एकताका लागि दौडको आरम्भ गर्नुभयो ।

कङ्ग्रेस पार्टीका नेता तथा स्वतन्त्रता सेनानी सरदार वल्लवभाई पटेलको जन्म दिनका अवसरमा उक्त दौडको आयोजना गरिएको हो । पटेल भारतका प्रथम गृहमन्त्री हुनुहुन्थ्यो र उहाँले भारतका राज्यहरूलाई सन् १९४७ मा स्वतन्त्र भएपछि एकतामा बाँध्नुभएको बताइएको छ ।

इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरू उक्त समयमा प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री मोदीले पटेल आधुनिक भारतको वास्तविक संरचनाकार भएको बताउनुभयो ।

यस वर्षको आरम्भमा प्रधानमन्त्री मोदीले पटेलको १८२ मिटर अग्लो मुर्ति बनाउन तीन करोड ३० लाख अमेरिकी डलर खर्च छुट्याउनुभएको थियो । यो मुर्ति विश्वको सबैभन्दा अग्लो मूति हुनेछ । एएफपी