राडर गनको प्रयोग पछि दुर्घटनामा कमी

1332 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

radar

भक्तपुर -उपत्यका भित्र बढ्दो सडको विस्तारसँगै सवारी साधनको गती पनि बढेको देखिन्छ । सूर्यविनायक कोटेश्वर ६ लेन सडकको विस्तारसँगै सवारी साधनको गती मापन गर्ने यन्त्र बिग्रे पछि समस्यामा परेको ट्राफिक प्रहरी यती बेला अत्याधुनिक राडर गनको आगमनसँगै दगं परेको छ ।
साना र मझौला सवारी साधनको गती अत्याधिक रहने र सो गतीकै कारण दुर्घटना बढ्ने गरे पछि विगत मा पनि राडर गनको प्रयोग गरिएको थियो तर विगतको राडर बिग्रिए पछि भक्तपुर ट्राफिकसँग गति मापनको यन्त्र थिएन । हाल भक्तपुर ट्राफिक प्रहरीलाई झन्डै बाह्र लाख पर्ने राडर गन उपलब्ध गराए पछि गती मापनमा सजीलो भएको छ । ६ लेन सडकमा सरकारी मापदण्ड अनुसार प्रति घण्टा ६० किमी तोकिएको छ सो भन्दा बढी गतीमा सवारी साधन चलाउनेलाई कारवाही हुने बताउनुहुन्छ भक्तपुर ट्राफिक प्रमुख लवकुश थापा ।
नयाँ राडार गन उपलब्ध भए पछि ६ लेन सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा दैनिक रुपमा चेक जाँच गर्दै आएको छ । चालकले गतीलाई नियन्त्रण गर्न सक्ने गरी सवारी चलाएको खण्डमा दुर्घटनामा कमी आउने ट्राफिक जनाउँछ । बिशेषत युवाहरु दुर्त गतीमा सवारी चलाउने गरेको पाईएको छ । यसरी राडर गनको प्रयोगसँगै सवारीको गतीमा कमी आएको छ भन्ने यदी चालकले आफुलाई गरेको कारवही चित नबुझे आफुले गरेको गल्ती राडर गनमा रेर्कड समेत हुने भएकाले चालकले आफ्नो गल्ती सहजै बुझ्न र हेर्न सक्ने समेत भएको छ ।