आरुघाटको अमिलीचौरमा बृद्धाश्रममा ताडफोड

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आरुघाट–गोरखाको आरुघाट स्थित अमिलीचौरमा रहेको वृद्धाश्रममा अज्ञात समूहले तोडफोड गरेका छन । तान्द्राङ गाविस –१ आरुघाट अमलीचौर स्थित सञ्चालनको तयारीमा रहेको वृद्धाश्रमका मूल ढोका सहित विभिन्न कोठाको ढोकामा लगाएको ताल्चा फोडेर काजगातहरु च्यात्नुका साथै लत्ताकपडा र महायज्ञमा प्रयोग हुने कलशहरु बाहिर फालिदिएको स्थानीयवासिन्दाको भनाई छ ।भीमोदय उच्च माविका प्रधानाध्यापक कृष्णकाजी श्रेष्ठले जानकारी दिनुभयो । अज्ञात समूहले दुईवटा सिलीण्डर मात्र लगेको पनि श्रेष्ठको भनाई छ । तोडफोड कुन बेला गरेको भन्ने यकीन नभएको र तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । सप्ताह ज्ञान महायज्ञको आयोजना गरेर संकलन भएको चन्दा रकम बाट उक्त बृद्धाश्रमको स्थानीयले निर्माण गरेको थियो । निर्माण सम्पन्न भए पनि बृद्धाश्रम सञ्चालन भने भएको थिएन ।