नलाङको फार्ममा विदेशीका नाममा कफी

587 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ (नलाङ)-नेपालका लागि पूर्वनर्वेजियन राजदूत टोरे टोरेन्टले सन २०१० मा आफ्नै नामबाट धादिङको नलाङमा एक बोट कफी रोपेका थिए। टोरेन्टको नामबाट रोपिएको बोटले अहिले वार्षिक १० किलोग्राम कफी दिन थालेको छ।
ea6c77b2d451274cef4fb6ae54de698a_Lनेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले पनि २०११ मा आफ्नो नामबाट एक बोट रोपेका थिए। सो बोटले पनि यस वर्षबाट उत्पादन दिने अनुमान गरिएको छ। नेपालका लागि पूर्वइजरायली राजदूत खनान गोडेर पनि गत वर्ष कफी रोप्न भ्याए। उनीजस्ता धेरैले धादिङको नलाङ गाविसमा स्थापना गरिएको फार्ममा कफी रोपेका छन्।
पर्यटन व्यवसायी भरत रेग्मीले सन २०१० मा सुरु गरेको कफी खेतीमा उनीहरूले बिरुवा रोपेका हुन। रेग्मीले स्थापना गरेको फार्ममा पूर्वराजदूतहरूले आ–आफ्नै नामबाट कफी रोपेका हुन्। त्यसरी रोपिएका कफीले अहिले धेरथोर उत्पादन दिन थालिसकेका छन्। २०१० मा रेग्मीले ७२ रोपनीमा कफी खेती गर्थे। विभिन्न देशका राजदूत तथा राज्यको साथका कारण अहिले तीन सय ३८ रोपनी पुगेको छ।
धादिङको विकट गाविस नलाङमा न पर्याप्त मात्रामा सिँचाइ छ न यातायातको सुविधा। तर पनि रेग्मीले अस्ट्रेलियन प्रविधिमार्फत कफीमा सिँचाइ गरेका छन्। व्यक्तिगत खर्चमा फार्मसम्म सडक पुर्यालएका छन्। रोग्मीको फार्ममा ५१ हजार कफीका बोट छन्। त्यसमा सिँचाइ गर्न आकासे पानीलाई सदुपयोग गरेका छन्। आकासे पानी जम्मा गर्न फार्मभित्र १० वटा प्लास्टिकसहितको खाल्डा छन्।
रेग्मीले २०१० मा हिमालय अनटप अर्गानिक कफी इस्टेट स्थापना गरी काम सुरु गरेका हुन्। अहिले कफीबाट आम्दानी लिन सुरु गरिसकेको उनको भनाइ छ। फार्ममा उत्पादित कफी युरोप र अमेरिका निर्यात हुन्छ। रेग्मी पर्यटन व्यवसायी भएकाले पनि उनको एजेन्सीमार्फत आउने पर्यटकलाई आफ्नै फार्ममा लैजाने र अर्गानिक खानासहित कफीको स्वाद चखाउँछन्। १० करोडको लगानीमा सञ्चालित फार्ममा १६ जनाले काम गर्छन्। फार्ममा पाँचजनाको लगानी छ।
रेग्मीले होमस्टेभन्दा पनि फार्मस्टे सञ्चालन गनर्ेे सोचका साथ अगाडि बढेको बताए। फार्मभित्र स–साना कटेज बनाएर फार्मस्टेको अवधारणा लागू गरिएको उनको भनाइ छ। कफी फार्मभित्र २० जना बस्न मिल्ने गरी स–साना घरसमेत बनाइएको छ। रेग्मीका अनुसार अहिले कफी फार्मका युरोप, अमेरिका, अस्टे्रलियालगायत देशका पर्यटक आउँछन्। नेपाली र भारतीय नागरिक खासै नआउने उनको भनाइ छ।
रेग्मीले सन २०७४ सम्ममा थप १५ हजार बिरुवा रोप्ने तयारी गरेका छन्। सोही वर्षदेखि ४० देखि ६० हजार केजी कफी उत्पादन गर्ने लक्ष्य लिएर काम गरिरहेको बताए। रेग्मीले इथियोपियाको कफी खेतीबाट प्रभावित भएर नेपालमा काम सुरु गरेको बताए। आफ्नो उत्पादनलाई अर्गानिक प्रमाणित गराउन अमेरिकाका पठाइसकेका छन्।
रेग्मीले कफीलाई आवश्यक पर्ने मल तथा सिँचाइको व्यवस्था आधुनिक तरिकाले गरेका छन्। २१ थरी बोटबिरुवा सडाएर तयार पारेको मल प्रयोग गर्ने गरेको बताए। पातपतिंगर कुहाएर बनाएको मलले नपुगे गाइबस्तुको मल प्रयोग गर्ने जानकारी दिए। त्यसका लागि उनले ११ वटा गाई पालेका छन्। उनले कफीसँगै जडीबुटीको पनि व्यवासायिक खेती गरेका छन्।सुजन ओलीले नागरिक न्यूज डट कममा खबर लेख्नु भएको छ ।