त्रिशूली प्रदूषणले जलयात्रा व्यवसाय संकटमा

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिशूली नदीमा फोहोर फालिँदै । बाहै्र महिना धमिलो हुने र पानीले जलयात्रीको छालामा एलर्जी हुन थालेपछि जलयात्रा व्यवसाय संकटमा परेको छ ।तस्बिरः हरिहरसिंह/कान्तिपुर
त्रिशूली नदीमा फोहोर फालिँदै । बाहै्र महिना धमिलो हुने र पानीले जलयात्रीको छालामा एलर्जी हुन थालेपछि जलयात्रा व्यवसाय संकटमा परेको छ ।तस्बिर   कान्तिपुर

 

 

चरौंदी (धादिङ), मंसिर ३ – बढ्दो प्रदूषणले त्रिशूली नदीमा सञ्चालित जलयात्रा व्यवसाय संकटमा परेको व्यवसायीले गुनासो गरेका छन् । मानवीय अतिक्रमण र अव्यवस्थित बजारीकरणले विगत ३ वर्षदेखि त्रिशूलीमा लगातार प्रदूषण बढेपछि जलयात्रा व्यवसाय संकटमा परेको हो । ‘विदेशी पर्यटकले जलयात्रा गरेपछि शरीरमा फोका उठेका, एलर्जीको समस्या देखाउने क्रम बढेपछि त्रिशूलीमा जलयात्रा गर्ने पर्यटक गत वर्षको तुलनामा घटेका छन् ।’ नेपाल र्‍यापिmटङ एजेन्ट संघका चचरौंदीदीस्थित केन्द्रीय सदस्य विष्णु सिलवालले भने ।

‘अघिल्लो वर्षको तुलनामा गत वर्ष जम्मा ७० हजारले मात्र जलयात्रा गरे । हरेक वर्ष एक लाखको हाराहारीमा ५० देशका विदेशीले जलयात्रा गर्ने गरेकामा गत मेदेखि मार्चसम्म जम्मा ७० हजारले मात्र जलयात्रा गरेको र डेढ सय डुंगाले मात्र काम पाएको सिलवालले बताए । ‘प्रदूषणका कारण जलयात्रा घटेपछि त्रिशूलीमै मात्र जलयात्रा गर्न अनुमति लिएका ४० वटा कम्पनीका एक हजार २ सय पर्यटन मजदुरको पेसा संकटमा परेको बताउँदै जलयात्रा व्यवसायी सिलवालले त्रिशूलीमा जलयात्रा व्यवसाय बन्द भएपछि नेपालको पर्यटन क्षेत्रमा जलयात्राको इतिहास नै मेटिने दाबी गरे ।

जलयात्रा व्यवसायीले प्रदूषण रोकेर जलयात्रा पर्यटन जोगाउन सरकार र पर्यटन बोर्डलाई बारम्बार ज्ञापनपत्र दिए पनि कुनै सुनुवाइ नगरेको जलयात्रा व्यवसायीको भनाइ छ । व्यवसायीले गत वर्ष विरोधस्वरूप सबै डुंगा त्रिशूलीको साटो पृथ्वी राजमार्गमै घिसार्दार् पनि सरकारले प्रदूषण रोक्न कुनै पहल नगरेको व्यवसायीको दाबी छ । प्रदूषणले त्रिशूलीमा आउने जलयात्री बुढीगण्डकी र भोटेकोसीतिर आकषिर्त भएका छन् । जलयात्रा व्यवसायको दर्ताका लागि चालु आर्थिक वर्षमा त्रिशूलीभन्दा भोटेकोसीमा स्वीकृति माग्नेको संख्या धेरै छ ।

विगत ४७ वर्षदेखि त्रिशूलीमा सञ्चालित जलयात्रा व्यवसाय विगत ३ वर्षदेखि लगातार प्रदूषण वृद्धि भएकै कारण अत्यधिक संकटमा परेको छ । नौविसेदेखि चितवनसम्मको त्रिशूलीसँगै जोडिएको पृथ्वी राजमार्गमा अव्यवस्थित बजारीकरण, होटलहरूले गर्ने फोहोर, मेडिकल हल, गिट्टीबालुवा व्यवसाय, बालुवा पखाल्ने उद्योग, ग्यास उद्योग, सिमेन्ट उद्योग, एग्रोभेट र मेडिकलहरूको फोहोर नै मुख्य चुनौती रहेको छ ।

‘बजारबाट हुने फोहोर व्यवस्थापनको साटो सीधै त्रिशूलीलाई नै डम्पिङ साइट बनाइएको छ, प्लास्टिक र मदिराका बोत्तल तथा मेडिकलबाट सिरिन्ज सीधै त्रिशूलीमै फ्याकिने भएकाले दुर्घटना उद्धारमा समेत कठिनाइ पर्ने गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए ।

‘कतिपय होटलले शौचालयको निकास सीधै त्रिशूलीमै हालेका छन्, हामीले बारम्बार अनुरोध गरे पनि वास्ता गर्दैनन्,’ शिक्षक तिलक चेपाङले भने । पृथ्वी राजमार्गमा हुने सडक दुर्घटनापछि सवारी साधन त्रिशूलीमै खस्छन् । वषर्ामा मात्र धमिलो हुने त्रिशूली बालुवा पखाल्ने व्यवसायका कारण बाह्रै महिना धमिलो हुने गरेको छ । ‘नदीमा प्रदूषण बढेपछि र पानी धमिलो भएपछि दुर्घटनापछि उद्धार गर्न कठिनाइ र चुनौती रहेको छ,’ दुर्घटना उद्धार स्थानीय समितिका अध्यक्ष दिवससागर श्रेष्ठले बताए । ‘धमिलो पानीमा देख्न पनि गाह्रो र उद्धार गर्न गएका व्यक्ति नदीमा फुटेका मदिराका बोतल र सिरिन्जले खुट्टा काटेर हैरानी व्यहोर्नुपरेको छ,’ श्रेष्ठले भने ।

त्रिशूली नदीकिनार अतिक्रमण गरी निर्माण गरिएका भवनले पर्खाल लगाउने बेला लगाइएका तारजालीले डुंगा फुट्ने र च्यातिनेसम्मका घटनाले पटकपटक विवाद भएको छ, प्रदूषण नियन्त्रण गर्न स्थानीयको पहलमा विगत ४ वर्षअघि ‘त्रिशूली सरसफाइ सरोकार मन्च’ गठन भई प्रदूषण घटाउन सरोकारवालासँग बारम्बार अन्तरक्रिया गर्दा उल्टै खप्की खानुपरेको मञ्च सदस्य सीताराम अधिकारीले बताए ।

सबैभन्दा बढी बालुवा पखाल्ने उद्योग बैरेनी, आदमघाट र पोखरेखोलामा नदीकिनारमै माटैसँगको बालुवा पखालेर धमिलो पानी त्रिशूलीमै मिसाउने गरिएको छ । बालुवा पखाल्ने उद्योग त्रिशूली वरपर ७२ वटा छन् । नदीबाट सीधै स्काभेटर प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग वरपरका डेढ दर्जन सानाठूला बजारले त्रिशूलीलाई नै मुख्य डम्पिङ साइट बनाएका छन् । गजुरी, मलेखु, बेनीघाट, चरौंदी, आदमघाटलगायत बजारको फोहोर त्रिशूलीमै खसालेका दृश्य प्रशस्तै भेटिन्छन् ।

लगातार बढ्दो प्रदूषणले त्रिशूली नदी बाह्रै महिना धमिलो हुन थालेपछि माछा मारेर गुजारा गर्नेहरू पनि विस्थापित भएका छन् । विगत दुई दशकदेखि त्रिशूली किनार बसेर माछा मारेर स्थानीय बजारमा बेच्दै आएका परेवाटारका विशाल लामाले माछा पाइनै छाडेपछि मजदुरीको पेसा रोजेको बताए इकान्तिपुर डट कममा हरिहर सिंह राठौरले खबर लेख्नु भएको छ ।  ।