बैरेनीका लक्ष्मण कैद भुक्तानका लागि जेल चलान

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

laxman copyबैरेनी –फरार अपराधी पक्राउका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले एक पछि अर्को फरार अपराधी धमाधम पक्रन थालेको छ । बुधवार मात्र दुईजना फरार अपराधी सावजनिक गरेको प्रहरीले विहीवार बैरेनीवाट अर्का एक युवक पक्राउ गरेको छ ।
जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत धादिङको २०६७ साल जेठ २६ गतेको फैसलाले १ बर्ष कैद सजायं तोके पनि हाल सम्म फरार रहंदै आएका ३१ बर्षिय लक्ष्मण श्रेष्ठ मंसिर ४ गते बैरेनी स्थित आफ्नै घरवाट पक्राउ परेका हुन ।
जिल्ला अदालतले यस अघि तोकिएको कैद भुक्तानको आदेश दिएपछि श्रेष्ठलाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।