नुवाकोटमा महिलाहरुले बनाए आर्यघाट

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोटको  खड्गभञ्याङ गाविस –५ फिर्केपमा महिला समूहको सक्रियतामा त्रिशूली लोखा किनारमा पक्की बाटो निर्माण भएको छ । गाउँका महिला खोलामा पानी भर्न जानका लागि तथा लास जलाउन जानसमेत अप्ठ्यारो भएपछि त्रिवेणी महिला समूहको सक्रिययतामा पक्की बाटो निर्माण गरिएको हो । गविसबाट २० हजार, भू–संरक्षण कार्यालयबाट जाली प्राप्त भएको र स्थानीयबासिन्दाको आथिर्क सहयोग तथा श्रमदानबाट बाटो निर्माण्ँ भएको समूहका सदस्य लक्ष्मी मुनाकर्मीले जानकारी दिइन् । बाटो मर्मत भएपछि फिर्केपका २० घरधुरीलाई त्रिशूली खोलाबाट पानी ओर्सान सजिलो भएको स्थानीयवासीले बताएका छन् । शव जलाउनका लागि खोलामा ओलंर्दा हुने गरेको खतरा बाटो मर्मतपछि टरेको बताइएको छ । साथै त्रिवेण्ँी महिला समूहले घाटमा बिजुली बत्ति बाल्नका लागि पनि अहिले काम गरिरहेको मुनाकर्मील बताइन् ।