अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा पुरस्कार वितरण

802 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ४ मंसीर –अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर धादिङमा पुरस्कार वितरण गरिएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवस नोभेम्बर २० को अवसरमा जिल्ला बाल कल्याण समिति धादिङको आयोजनामा बाल अधिकार र शारीरि तथा मानसिक दण्ड अन्त्यका उपायहरु बिषयक निबन्ध लेखन प्रतियोगितामा १३ जना सहभागी भएका थिए । सहभागीहरु मध्येबाट महेन्द्र उच्च माध्यमिक बिद्यालय नीलकण्ठकी मना गुरुङ प्रथम,धादिङ आवासीय उच्च माध्यमिक बिद्यालयकी संन्दिपा पाण्डे द्धितिय र किबो बोर्डिङकी सखिला अधिकारी तृतीय भएका छन् । प्रथम द्धितीय र तृतीय बिद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला शिक्षा अधिकारी गणेश ढकाल र महिला तथा बालबालिका कार्यालयका प्रमुख सावित्री थापाले प्रमाण पत्र र नगद रु ५ हजार ४ हजार र ३ हजार सहितको पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रहरी प्रमुख प्रकाश मल्ल, जिल्ला बाल कल्याण समितिका पदाधिकारीहरु,बिभिन्न बिद्यालयका शिक्षक प्रतिनिधी,गैर सरकारी संस्था महासंघका धादिङ अध्यक्ष दामोदर अर्याल,पत्रकार महासंघका पूर्व अध्यक्ष सिताराम प्रसाद बर्मा लगायतको सहभागीता रहेको थियो ।