धादिङमा पछिल्लो समय सम्बन्ध विच्छेदको घट्ना बढ्यो

517 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

मंसिर–६, पछिल्लो समय धादिङमा सम्बन्ध विच्छेद गराउनेको संख्या बृद्धि भईरहेको एक तथ्याङकले देखाएको छ । धादिङ जिल्ला अदालतमा २०७० साल साउन १ गतेदखी वि.स. २०७१ मंसिर १ गते सम्म परेको २५१ थान दुनियाबादी मुद्वामा १ सय १३ थान सम्बन्ध विच्छेदकै परेको छ । श्रीमान र श्रीमती बीच सानो कुरामा विवाद हुँदा पनि सम्बन्ध विच्छेद हुने घट्नाहरु धेरै भएको हो । विगतको केही समयलाई मात्र हेर्ने हो भने धादिङमा सम्बन्ध विच्छेद गराउनको लागि निवेदन दिनेहरुको संख्या गतबर्षको भन्दा बढी रहेको छ । सम्बन्ध विच्छेद हुने विभिन्न कारण भएपनी एक मुख्य कारण भनेको अविश्वास हो । श्रीमान श्रीमती बीच विश्वावसको वातावरण नहुँदा सानो कुरामा पनि झगडा हुने र त्यही झगडाले पछि सम्बन्ध विच्छेदको रुप लिने धादिङबेसीमा आयोजिक एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस नेपालको आयोजनामा आज धादिङबेसीमा दाम्पत्य जीवनमा बढ्दो सम्मन्ध विच्छेन, कारण र न्युनीकरणका उपाय विषयक एक दिने अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् । सम्बन्ध विच्छेद रोक्नको लागी उनीहरु बीचमा विश्वासको खाँचो रहेको उनीहरुले बताएका थिए । फोकस नेपाल धादिङ द्वारा आईएफए जर्मनी तथा नागरिक आवाजको सहयोगमा धादिङको सल्यानटार, चैनपुर, साङकोष र धुषा गाउँ विकास समितिमा सदभाव परियोजना सन्चालन भईरहेको छ ।