अपाङ्गता भएकाहरुलाई सबैले सहयोग गरौं

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (2)मंसिर–६, अपाङगता भएकाहरुलाई सबैले सहयोग गर्नुपर्ने धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अपाङगता अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा द्वारा सञ्चालित सिआरसी रियोजना धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको समन्वयनमा स्थानीय श्रोत परिचालनमा प्रभावकारीता अपाङग्ता भएका व्यक्तिहरुको समान सहभागिता भन्ने नारा सहित शुक्रबार अन्र्नक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना गरिएको हो । अपाङगताहरुको हितको लागि विनियोजित हुने रकम सहि स्थानमा विनियोजित हुनुपर्ने संस्थाले जनाएको छ । नीति भएपनि कार्यन्वयन नहुँदा अपाङगता भएकाहरुले हैरानी खेपीरहनुपरेको छ । अगाउँ विकास समितिबाट बिनियोजित रकम सम्बन्धीत क्षेत्रमा खर्च गर्नको लागि पनि संस्थाले अनुरोध गरेको छ । सहभागिहरुलाई अपाङ्गता भनेको के हो, अपाङग्ताको प्रकार र गाउँ विकास समितिबाट सिफारीस गरिने परिचय पत्रको बारेमा। अहिले सम्म १ सय ३ जना धादिङका अपाङगता भएकाहरुले खुट्टाको उपचार गराएका छन् । संस्थाको रेखदेखमा अहिले सम्म १९ सय १ जना अपाङगता रहेका छन् ।