आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

723 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको म्युनिखस्थित ब्लुमेनाउकी एक महिलाले आफ्नी आमाको शवलाई पाँचवर्षसम्म घरभित्रै राखेको तथ्य खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मानसिक अस्पतालमा भर्ना गरेको छ ।नाम नखुलाइएकी ती महिलाले आफ्नी ८३ वर्षकी आमाको मृत्यु भएपछि आमाको शवलाई ओछ्यानमै सुताएर आफु पनि आमाको शवसँगै सुत्ने गरेकी थिइन् ।उक्त घरकी बुढीआमै देखिन छाडेपछि र छोरीचाहीँले आफ्नो घरमा कसैलाई पनि छिर्न नदिन थालेपछि छिमेकीलाई चिसो पस्यो ।स्थानीय मानिसहरुले आमाको बारेमा सोध्दा पनि केही जवाफ नदिने र कसैलाई पनि घरमा छिर्न नदिएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे । अग्नी नियन्त्रकहरु आएर उनको घरमा खानतलासी गर्दा ती महिलाकी आमाको शवलाई सुकाएर नसड्ने गरी ओछ्यानमा सुताएको फेला पारे ।उनले आफ्नी आमाको मृत्यु सन् २००९ मा भएको र सोही समयदेखि आफु आमाको शवसँगै सुत्ने गरेको स्विकार गरिन् ।ती महिलालाई मानसिक अस्पतालमा परीक्षणका लागि लगिएको छ ।वृद्धाको शवको पोष्टमार्टम गर्दा उनको हत्या नभै स्वभाविक मृत्यु भएको पाइएको छ ।