बोको हरामबाट नाईजेरियामा ४८ माछा बिक्रेताको हत्या

430 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नाइजेरिया, ७ मङ्सिर । नाइजेरियामा सधँै अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेकोे छ ।

उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो ।

माछा बिक्रीको लागि प्रख्यात गाउँ नजिकै नाइजेरिया र चाडलाई जोड्ने बाटोमा दर्जनौँको सङ्ख्यामा आएका बोको हरामका आतङ्ककारीले गत बिहीबार नै मार्ग बन्द गरी ती व्यक्तिको हत्या गरेको जनाइएको छ ।

उक्त ४८ जना माछा बिक्रेता माछा किन्नका लागि सो मार्ग भएर गइरहेको बताइएको छ ।एएफपी