नामटारका तामाङ वालक थांक्रेमा गाँजासहित पक्राउ

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे–धादिङ जिल्लाको थाक्रे गाविस वडा नम्बर ६ वाट मकवानपुर जिल्लाको नामटार वडा नम्बर ६ का एक बालक अबैध लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नामटार ६ का अन्दाजी १५ बर्षिय बालक मिलन तामाङ्लाई गाँजासहित नियन्त्रणमा लिएको हो । हेटौडाबाट काठमाण्डौका लागि छुटेको ना.२ ग. ७७३ नम्बरको यात्रुबाहक बसमा गाँजा लिएर आउंदै गरेका तामाङ्लाई प्रहरीले पक्रेको हो । तामाङ्ले ३ वटा झोलामा करिब ३५ किलोग्राम गाँजा साथमा लैजादै गरेको प्रहरीको प्रहरीको भनाई छ । पक्राउ परेका तामाङ्लाई धादिङ्ले अनुसन्धान गरिरहेको जनाइएको छ ।