अपडेटः भेरीमा डुवेको बसवाट ४७ जनाको शब निकालियो

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भेरी नदीमा खसेको बसबाट ४७ यात्रुको शब निकालिएको छ । बिहिबार जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमका लागि छुटेको यात्रुवहाक बस भुर गाविस वडा नं ७ भुरचौरमा दुर्घटना भएर भेरी नदिमा खसेको थियो । नदीभित्र रहेको बसवाट कर्णाली चिसापानी र पोखरावाट आएको गोत्ताखोरको टिमले शनिवारदेखि उद्दारकार्य जारी राखेको छ । नदीबाट बस र शब बाहिर निकाल्ने कार्य जारी रहेको छ । अहिले सम्म निकालिएको सव मध्ये ३२ जनाको सनाखत भएको छ । १५ जनाको सनाखत हुन वाकी रहेको छ । सनाखत भएकाहरुमा वर्षीय गीता सुनार खलंगा २ जाजरकोट, २ वषीय आयूÈ मल्ल ढिमे १ जाजरकोट , ४ वर्षीय पत्रीका बुढा रामीडाडा ६ जाजरकोट , वर्षीय ४५ दलु प्रसाद जैसी डाडागाऊ ४ जाजरकोट, ३६ वर्षीय गिरी राज रोकाय, डाडागाऊ ७ जाजरकोट, ३४वर्षीय नरबहादुर बुढा डाडागाऊ ७ जाजरकोट २९वर्षीय पृथीबहादुर बुढा डाडागाऊ ७ जाजरकोट रहेका छन् । त्ससैगरी २८ वर्षीय भीम बहादुर रोकाय डाडागाऊ ९ जाजरकोट, ३६ वर्षीय कौशीला देवकोटा डाडागाउ ४ जाजरकोट,२१ वर्षीय तेज पुन डाडागाउ ७ जाजरकोट, १८ वर्षीय गण्ँेश रोकाय डाडागाऊ ७ जाजरकोट , २३ वर्षीय मुना बुढा रामडिाडा ६ जाजरकोट, २ वर्षीय वविता बुढा रामडिाडा ६ जाजरकोट , ३२ वर्षीय प्रदेशसिंह खत्री खलंगा३ जाजरकोट , २८ वर्षीय टेकजंङ शाह खलंगा ५ जाजरकोट,४५वर्षीय तुलसी थापा खलंगा १ जाजरकोट, ४२ वर्षीय राम बहादुर वली खलंगा ३ जाजरकोट, ३२ वर्षीय दिपक खड्का खलंगा ६ जाजरकोट,३५ वर्षीय नर बहादुर वि.क. खलंगा गाविस ३ जाजरकोट, ४४ वर्षीय रविन श्रेष्ठ सारदा न.पा. २ सल्यान ,३५ वर्षीय लाल बहादुर बुढा डाडागाऊ ६ जाजरकोट , १७ वर्षीय मोतीकला मल्ल ढिमे गाविस १ जाजरकोट ,१८ वर्षीय भीम बहादुर विक भुर ३ जाजरकोट ,३६ वर्षीय भुपेन्द्र टमटा अ.म.न.पा. ६ डडेल्धुरा रहेका छन् त्यस्तै ५१ वर्षीय रुद्र गुरुङ चितवन मेछौली , ५३ वर्षीय चुके महतारा सीमा ९ जाजरकोट, २० वर्षीय बिन्दा शाही भुर ४ जाजरकोट, २१ वर्षीय धन बहादुर बुढा पुन्मा २ जाजरकोट , २५ वर्षीय सर्जन वि.क. भुर गाविस ३ जाजरकोट, २७ वर्षीय सपना सुनार वाके नौवस्ता २, ४२ वर्षीय विष्ण्ँु आचार्य पालुङटार ४ गोखा र सकिल मिया २९ भारत मोतिहारी रक्सौल भलइ रहेका छन् । वसको पछाडीको भाग पानीमा रहेका कारण त्यहापनि मृतकहरु हुन सक्ने अनुमान लगाएको छ । उद्धारमा नेपाली सेना , शसस्त्र प्रहरी, प्रहरी ,स्थानिय , राजनैतिक दललगायत खटिएका छन् । जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमतर्फ गइरहेको मध्यपश्चिम यातायात समितिको ना.३ ख.१४०८ नम्बरको यात्रुबाहक बस बिहीबार ०७ ः५५ बजे जाजरकोट भुर गा.वि.स.वडा नं. ७ भुरचौर रावतगाऊ“ नजिक दुर्घटना भई सडक देखि ५० मिटर तल भेरी नदिमा खसेको थियो ।