शेयरधनीलाई लाभांश दिंदै सिभिक बैक

874 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
civik_bank_dhadingnewsधादिङ,८ मंसिर ः सिभिक डेभलपमेण्ट बैंक लि ले हक प्रद शेयर जारी गरी आफ्नो चुक्ता पूजी ५ करोड पु¥याएको छ । बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार बैकको अधिकृत पूंजी .१० करोड, जारी पूंजी .५ करोड र चुक्ता पूंजी .४ करोड रहेकोमा ४ः१ को अनुपातमा हकप्रद शेयर जारी पश्चात चुक्ता रु.५ करोड भएको हो ।
धादिङ जिल्लामा कात्र कार्य क्षेत्र रहेको सिभिक डेभलपमेण्ट बैकले २०६६ श्रावण २९ गतेदेखि विधिवत रुपमा कार्यारम्भ गरेको थियो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा बैकको शाखा कार्यालय संचालनमा रहेको छ । यस्का साथै सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको बैकले जनाएको छ । त्यसै गरी जिल्लाकै बैरेनी गा.वि.स.को गल्छीमा र धादिङबेसीकोे सिरान बजारमा सीमित बैंकिङ्ग इकाई समेत संचालनमा आएको महाप्रवन्धक वज्राचार्यले बताउनु भयो । जिल्ला भित्र मात्रै कार्यक्षेत्र रहेको बैक भएको कारण जिल्लाको सांध भन्ज्याङ्ग, टोडके, खहरे, बैरनी, आदमघाट र धादिङ्गबेसीमा, मलेखु, र आरुघाट लघुवित्त कार्यक्रम समेत संचालनमा रहेको बैकले जनाएको छ । साथै जिल्लाका अन्य संभावित क्षेत्रहरुमा बैंकको शाखा, काउण्टर, सीमित बैंकिङ्ग इकाई र लघुवित्त कार्यक्रम बिस्तारको लागि अध्ययन एवम् गृहकार्य भैरहेको पनि वताईएको छ ।
बैंकको पाँचौं बार्षिक साधारण सभा गरी शेयरधनीहरुलाई १५.७९% ले हुने रकम अठहत्तर लाख ९५ हजार रुपैया नगद लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भैसकेको महाप्रवन्धक वज्राचार्यले जानकारी दिनु भयो । बैंकले २०७१ कार्तिक मसान्तसम्म .४१ करोड ३० लाख निक्षेप संकलन र .३५ करोड ८७ लाख कर्जा प्रवाह गरेको वताईएको छ । त्यसैगरी “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन मार्फत एक हजार तीन सय बढी ग्रामीण विपन्न महिलाहरुलाई बिना धितो कर्जा प्रदान गरी स्वरोजगार सिर्जनाको माध्यमबाट राष्ट्रको गरीवी निवारणको महान उद्देश्यमा ठोस मद्धत गरिरहेको बैकका विभागिय प्रमुख प्रमोद कुमार घिमिरेले वताउनु भयो ।