मृतकको नाममा आएको भत्ता सचिवको गोजीमा

856 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, १५ जेठ । मृत्यु भइसकेका नागरिकको नामबाट गाविस सचिवले भत्ता बुझेर गरेका आर्थिक अनियमितताहरु पछिल्लो सययमा सप्रमाण फेला पर्न थालेका छन् ।

गोरखा, बाजुरा, अछामका विभिन्न गाविसमा मृत्यु भएका नागरिकका आफन्तले मृत्युदर्ता गरे पनि सचिवले लगतकट्टा नगरी भत्ता लिइरहेको पाइएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार लगतकट्टा गरेपछि जिल्ला विकास समितिको पञ्जीकरण शाखालाई भत्ता कटौती गर्न अनुरोध नगरी मृत्यु भएको ५ बर्षसम्म पनि भत्ता लिइरहेको फेला परेको कारोबार दैनिकमा खबर छ ।

गोरखा जिविसका योजना तथा प्रशासकीय अधिकृत कृष्णबहादुर कार्की र लेखा अधिकृत भीमार्जुन ज्ञवालीले ताकुकोट गाविसमा स्थलगत अनुगमन गर्दा अनियमितता भेटिएको हो ।

मन्त्रालयलाई केही दिनअघि पठाएको अनुगमन प्रतिवेदनका अनुसार ताकुकोटका गाविस सचिवले ५ बर्षदेखि मृतकका नामबाट भत्ता लिइरहेको उल्लेख छ ।