चोरी मुद्दाका फरार अपराधी वाग्ले पक्राउ

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

faraar ramsharaan waagle copyधादिङ,१० मंसिर – विभिन्न समयमा अपराधजन्य कार्यमा संलग्न भई फरार रहंदै आएका व्यक्तिहरुको खोजी र पक्राउका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले धमाधम फरार अपराधी पक्रन थालेको छ ।
यसैक्रममा धादिङ जिल्लाको गोगनपानी गा.वि.स.वडा नम्बर २ बस्ने बर्ष २९ को रामशरण वाग्ले पक्राउ परेका छन । वाग्ले समेत संलग्न भएको नकवजनी चोरी मुद्दामा धादिङ जिल्ला अदालतको २०७० माघ २० गतेको फैसलाले वाग्लेलाई २ बर्ष २३ दिन कैद र तीन लाख ७७ हजार २ सय १० रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहंदै आएका वाग्लेलाई मंसिर ९ गते मंगलवार निजकै घरवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वासुदेव थापाले जानकारी दिनु भयो । पक्राउ पछि मंगलवारनै वाग्लेलाई धादिङ जिल्ला अदालतमा पेश गर्दा अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार धादिङमा थुनामा राख्न पठाएको पनि प्रहरी निरिक्षक थापाले वताउनु भयो ।
राजधानीका साथै देशका अन्य स्थानमा गएर अपराधमा संलग्न भई जिल्लामा आएर लुकिछिपी बस्दै गरेका र जिल्लामै बसि अपराध गरेर फरार रहंदै आएका व्यक्तिहरुको पहिचान गरी खोजीका लागि प्रहरीको बिशेष सक्रियता बढेपछि चालु आर्थिक बर्ष भित्रमात्रै १५ जना फरार अपराधी जिल्लामा पक्राउ गर्न प्रहरी सफल भएको छ ।