कपनलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न अभियान सुरु

659 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ, १५ जेठ । छैटौँ गणतन्त्र दिवसको उपलक्ष्यमा कपन गाविसमा खुला दिसामुक्त र प्लास्टिकका झोला प्रतिबन्धित क्षेत्र घोषणा गर्न आजदेखि यहाँ विशेष अभियान सुरु गरिएको छ ।

सो अभियान सफल पार्न गाविसका साथै सामाजिक संस्था, क्लब, नेपाल प्रहरी, शैक्षिक संस्था, महिला समूह, रेडक्रस, बौद्ध गुम्बा र टोल सुधार समितिको सहभागिता थियो ।

गाविसअन्तर्गतको वातावरण तथा फोहरमैला व्यवस्थापन समितिको अगुवाइमा भएको सो कार्यक्रममा सर्वदलीय प्रतिनिधिहरूले आज दुईवटा शौचालयको शिलान्यास गर्नुभयो ।

गाविसलाई आगामी असार मसान्तभित्र खुला दिसामुक्त र प्लास्टिक प्रतिबन्धित क्षेत्र घोषणा गरिनेछ । कार्यक्रममा गाविससचिव लोमस आचार्य, समितिका संयोजक अशोकराज पाण्डे, पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी, सुनौलो विकल्पका विद्या सुवेदीलगायतले सबै नागरिकलाई सरसफाइका लागि आह्वान गर्नुभयो । रासस