धादिङमा एआरटी सेवा शुरु गरिने

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC01028 copyधादिङ, – एचआईभी संक्रमितहरुको हितलाई ध्यानमा राखी अव धादिङ जिल्ला अस्पतालमा एआरटी सेवा सञ्चालनमा ल्याईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले बिश्व एडस दिवसको अवसर पारेर मंसिर १४ गते देखि जिल्ला अस्पतालमा एआरटी सेन्टर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । जिल्लामा एआरटी सेन्टर सेवा शुरु भएपछि एआरटी सेवाका लागि काठमाण्डौं,नारायणगढ,पोखरा, त्रिशूली लगायतका स्थान पुग्न वाध्यहुंदै आईरहेका संक्रमितहरुलाई सहज हुने वताईएको छ । यसैगरी संक्रमित महिला गर्भवती भएमा उनीवाट जन्मने बच्चालाई संक्रमणवाट जोगाउने उपचार विधि (पिएमटिसिटी) पनि जिल्ला अस्पतालमा शुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले १ सय ५९ जना संक्रमितले एआरभि सेवा लिईरहेको भएपनि एअआरटीका लागि भने जिल्ला वाहिर जानुपर्ने वाध्यता रहेका कारण संक्रमितहरुको क्षेत्रमा कार्यरत संस्था र संक्रमितहरुले लामो समय देखि जिल्लामै सेवा सञ्चालनको माग राख्दै आईरहेका थिए ।
बुधवार जिल्ला स्वास्थ्य कार्यालय धादिङमा बसेको जिल्ला एड्स समन्वय समितिको बैठकले एआरटी सेन्टर सञ्चालनको बिषयमा भईरहेको प्रगतीको वारेमा जानकारी गराएको हो । जिल्लामा संक्रमितहरुको संख्या धेरै भएपनि अझै लोकलाज तथा अन्य कारणले धेरै जनाले आंफुलाई संक्रमित भनेर नखुलाउने गरेको संक्रमितका क्षेत्रमा कार्यरतहरुको भनाई छ । जिल्लामा रहेका संक्रमितहरुको आकस्मिक सहयोगका लागि जिल्ला विकास समितिले एचआईभि संक्रमितहरुको हितका लागि वनाईएको सहयोग कोषमा ५० हजार नगद सहयोग गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालले जानकारी दिनु भयो ।
विश्व एड्स दिवसको अवसर पारेर जिल्लाको त्रिपुरेश्वर गाविसमा उमावि तहका विद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिनुका साथै सदरमुकाम धादिङबेसीमा रहेका उमावि तहका विद्यार्थीहरुलाई एच.आई.भी.एड्स सम्बन्धी जनचेतना अभिबृद्धि सम्वन्धि सचेतना गराईने भएको छ ।
जिल्ला एड्स समन्वय समितिका संयोजक एवम धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट रसिला अमात्य, जिल्ला अस्पताल धादिङका मेडिकल अधिकृत सविन पाख्ररेल, र श्याम ढोडारी, महिला तथा बालबालिका कार्यालय धादिङका महिला अधिकृत सावित्री थापा रावल, गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, सिड्स धादिङका गोकर्ण रुपाखेती, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति ईश्वरी अधिकारी, प्रयास नेपाल धादिङका अध्यक्ष उषा वि.क. नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।