सवारी दुर्घटनामा एक जनाको मृत्यु

538 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ, मंसिर–११,धादिङको तसर्पु गाउँ विकास समितिमा बिहिबार विहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाईते भएका छन् । विहान तसर्पु गाउँ विकास समितिबाट पिपलटार ब्रतवबन्धको लागि छुटेको जिप दुर्घटना परेको हो । दुर्घटनामा परि तसर्पु गाउँ विकास समिति वडा नम्बर ७ का शान्ति लामाको मृत्यु भएको हो । दुर्घटजनामा परी घाईतेहुनेहरुमा जिप चालक पुर्ण गोले, १४ वर्षिय सुजन लामा, र ११ वर्षिय सुदिप लामा रहेका छन् । अन्य घाईतेहरुको भने पहिचान भएको छैन । घाईतेहरुलाई उपचारका लागी काठमाण्डौं लगिएकोे छ । जिप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।