जिप दुर्घटनामा एकको मृत्यु , दश घाईते

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



तसर्पु ११ मंसिर -धादिङको तसर्पु गाविस वडा नम्बर ९ डुम्रेभञ्ज्याङ स्थित ग्रामीण सडकमा भएको जिप दुर्घटनामा परि एक जनाको घटनास्थलमानै ज्यान गएको छ । तसर्पु गाविसको दामेचौरवाट मकवानपुरको देउराली तर्फ जांदै गरेको वा ४ च ७६५९ नम्बरको डिआई जिप आज विहान ( विहीवार) ९.३० वजे तिर डुमे्रभञ्ज्याङ नजिकैको भिरवाट एक सय ५० मिटर जति तल खस्दा चालक सहित १० जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा परि ४० बर्षिया शान्ति लामाको घटनास्थलमानै ज्यान गएको प्रहरीले वताएको छ ।