महिलाको मृत्यु

677 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गौशाला, १५ जेठ । महोत्तरीको पडौल गाविसमा विषादी सेवनबाट सिकिस्त एक महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पडौल गाविस–७ बस्ने श्याम दासकी पत्नी ३६ वर्षीया बिनेखा देवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पति फर्निचर उद्योगमा काम गर्ने गरेको बिनेखाले गएराति ८ बजे घरमा कोही नभएको बेला खेतबारीमा छर्कने विषादी खाएर बेहोस भएकी थिइन् ।

यता श्याम दास फर्निचर उद्योगबाट ढिलो गरी घर पुगेपछि पत्नीलाई बेहोस देखेर छिमेकीको सहयोगमा राति नै उपचारका लागि नजिकैको सरपल्लो गाविसमा रहेको ललरिहा जोहरे आलम अस्पतालमा ल्याएको र उपचार हुँदाहुँदै आज बिहान ५ बजे निजको मृत्यु भएको प्रहरी सहायक निरीक्षक बिगन यादवले बताउनुभयो ।

महिलाले विषादी सेवन गर्नाको कारण खुल्न नसकेको भन्दै प्रहरीले महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाएको छ । रासस