सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पिडा  –पिडा गाउँ विकास समिति वडा नं २ राईगाउँमा आधारशीला तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालकुमारी सामाजिक परिवार समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले संचालन गरेको गरिबी निवारणको लागि गणेशहिमाल पशुपालन कार्यक्रम अन्र्तगत महिला सदस्यहरुको लागि ४ दिने तालीम संचालन भएको हो । तालीममा उपहारप्रदान,उत्तरदायित्व,बाँडिचुँडी उपभोग र स्याहार,दिगोपना र आत्मनिर्भरता,पशु तथा स्रोतको उचित व्यवस्थापन,पोषण स्वाथ्स्य आयआर्जन,लैङ्गिक परिवार केन्द्र बिन्दु,बास्तविक आवश्यकता र निर्णय,वातावरण सुधार,पूर्ण सहभागीता,तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषममा प्रयास नेपाल धादिङ्गका कार्यक्रम संयोजक सूनिता कडेल,कमला अधिकारी,भावना पुलामीमगर,सन्दिप प्रजाले सहजिकरण गर्नु भएको थियो । तालीमको क्रममा समूहले सहभागीतात्मक स्वसमिक्षा गरी १२ वटा आधारशीलाबाट भएको सिकाई कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्ययोजना निर्माण गरेका सामाजिक परिचालक सन्दिप प्रजाले जानकारी दिनु भयो ।
तालीम समापन कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृतहरु टुरदेव अधिकारी,मधुसुधन कार्की,प्रदिप शर्मा,प्रयास नेपाल धादिङका अध्यक्ष उषा बि.क.,कार्यकारी निर्देशक दामोदर अर्यालले कार्यक्रमको संचालन प्रक्रिया,संस्थाबाट हुने सहयोग तथा सहजिकरण र अनुगमनका बारेमा जानकारी गराउनु भएको थियो । यस अघि संस्थाले किराञ्चोक,गोगनपानी,तारुका र महादेवस्थान गाउँ विकास समितिका मूल समूहहरुमा चार÷चार दिने आधारशीला तालीम सम्पन्न गरिएको कार्यक्रम संयोजक सुनिता कडेलले जानकारी दिनु भयो ।
समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको अध्यक्ष चमेली राईले बताउनु भयो । तालीम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको समूहकी सचिव मञ्जीला राईले जानकारी दिनु भयो ।