विदेशी दुई सहयोगीको विदाई

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, नलाङ गाविसमा सहयोग गर्दै आउनु भएका नेदल्याण्डका दुई जना व्यक्तिहरुलाई शुक्रबार विदाई गरीएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहायोग पुर्याऊँदै आएका नेदरल्याण्सका २ नागरिक वाल्टर र निकोनलाई फुलमाला लगाएर विदाई गरीएको हो । नलाङ मोडल एकेडेमीमा उहाँहरुले विद्यालयलाई ११ थान ल्यापटप उपलब्ध गराउनु भएको थियो साथै विद्यार्थीहरुलाई अडियो, भिडियोको माध्यमबाट विभिन्न कुरा सिकाऊँदै आउनु भएको थियो । वाल्टर र निकोनले सलाङ र नलाङ गाविसमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम, विद्यालयको भौतिक तथा शैक्षिक विकासका साथै गाउँमा सुधारीएको चुलो निर्माणमा समेत सहयोग गर्दै आईरहेका छन् ।