बैरेनी गाविसको कार्यालयले घुम्ति शिविर संचालन गर्दै

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

318184_354339751305668_889287998_nबैरेनी– गाविसको कार्यालयवाट प्रवाह हुने सेवा सुविधा गाउंमै उपलव्ध गराउने उद्धेश्यले धादिङको बैरेनी गाविस कार्यालयले घुम्ती सेवा शिविर संचालन गर्ने भएको छ ।
गाविसका सचिव अधिकृत लक्ष्मण भट्टराईका अनुसार आज देखि शुरु हुने घुम्ती सेवा शिविर २९ गते सम्म संचालन हुने छ । शिविरको पहिलो दिन आज १ नम्बर वडाको कार्कीडांडा स्वास्थ्य शिविर समेत संचालन गरिने छ । कार्कीडांडाको शिविर मंसिर  १६ गते सम्म संचालन हुने छ । गाविसले संचालन गर्ने शिविरमा ,जन्म दर्ता, विवाह दर्ता, बसाई सराई,जेष्ठ नागरिक एकल महिलाको लागि सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र,मालपोत कर संकलन, नागरिकताको लागि सिफारिश लगायतका कार्यहरु हुने गाविस सचिव भट्टराईले वताउनु भयो ।
शिविर मंसिर  १८ र १९ गते ६ नम्बर वडाको पाल्चोकमा,२२ र २३ गते ५ नम्बर वडाको विर्ताडाँडामा,२४ गते ४ नम्बर वडाको टुक्टिङमा,२५ र २६ गते ७ नम्बर वडाको बतासेमा,२८ गते वाहुन पलाङमा र २९ गते ८नम्बर वडाको ढांडेमा संचालन गरिने गाविस कार्यालयले जनाएको छ ।
गाविसको घुम्ति शिविर अन्र्तगत कार्कीडांडा र विर्ताडांडामा मात्र स्वास्थ्य शिविर संचालन हुने अन्य स्थानमा भने गाविसवाट प्रवाह हुने सेवाहरु मात्र उपलव्ध गराईने वताईएको छ ।