पाँच वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- जिल्लाको ५ वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गर्ने सन्दर्भमा प्रारम्भिक कार्याशाला गोष्ठी म्रसिर १४ गते आईतवार सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङको अध्यक्षतामा भएको गोष्ठीमा माननीय सभासद्ज्यूहरु  गंगालाल तुलाधर,  गुरुप्रसाद बुर्लाकोटी, धन ब. घले. दिलमान पाख्रिन,  रवीन्द्रप्रताप शाह,  परशुराम तामाङ, राष्ट्रिय योजना आयोगका सहसचिव पुष्पलाल शाक्य, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप सचिव श्री रमेश कुमार अधिकारीको आतिथ्य रहेको थियो । 

त्यसैगरी  जिविस पूर्व सभापति खेम प्रसाद लोहनी, राजनैतिक दलका जिल्ला स्थित प्रमुख एवं प्रति???????????????????????????????निधिहरु, सहायक प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्था महासंघ र लोकतान्त्रिक गै.स.स.महासंधका अध्यक्ष लगायत गैर सरकारी संस्थाका प्रतिनिधिहरु, महिला संजालका प्रतिनिधिहरु, प्राध्यापक संघका प्रतिनिधि, अपाङगत भएका नागरिकहरुको संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत आम सरोकारवालाहरुको कार्यक्रम सहभागिता रहेको थियो । 
कार्यक्रमा स्थानीय विकास अधिकारीले आवधिक जिल्ला विकास आवश्यकता, तयार गर्ने प्रक्रिया, धादिङको वर्तमान अवस्था, आवधिक जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा जिल्ला विकासमा सरोकार राख्ने निकाय, ब्यक्ति, संस्था तथा सुभेक्षुकहरुसँगको जिल्ला विकास समितिको अपेक्षाका विषयमा प्रस्तुति राख्नुभएको थियो । 
यस्तै राष्ट्रिय योजना आयोगका सहसचिव  पुष्पराज शाक्यले आवधिक जिल्ला विकास योजना र राष्ट्रिय योजनाको विचको सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका योजना शाखा प्रमुख उपसचिव एवं जिल्ला विकास समितिको कार्यालयका पूर्व स्थानीय विकास अधिकारी  रमेशकुमार अधिकारीले आवधिक जिल्ला विकास योजनको आवश्यकता र आवधिक योजना तर्जूमाको म्यान्डेट तथा आधारहरु सम्बन्धमा प्रस्तुती राख्नुभएको थियो । 

जिल्लामा क्रियाशील राजनैतिक दलहरुको तर्फवाट नेपाली कांग्रेसका जिल्ला सचिव भक्त लामा, ने.क.पा. एमाले बैकल्पीक केन्द्रीय सदस्य एवं  जिविस पूर्व सभापति खेम प्रसाद लोखही, एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष राजु नेपाल, नेकपा–माओवादीका  राम ब. श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दप्रसाद काप्रीले पार्टीको अवधारणा प्रस्तुत ुभएको थियो । 
कार्यक्रमको अन्तमा सभाषदहरुको तर्फवाट धादिङ क्षेत्र १ का माननीय सभासद् धन ब. घले र रा.प्र.पा. का सभाषद  परशुराम तामाङले सुझाव राख्नुभएको थियो । 
कार्यशाला गोष्ठीले देहाय अनुसारका समितिहरु समेत गठन गरेको छ । 
निर्देशक समिति
संयोजक: स्थानीय विकास अधिकारी
सदस्य : प्रमुख जिल्ला अधिकारी 
सदस्य : जिल्लास्थित देहाय अनुसारका राजनितिक दलका प्रमुखहरु
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एमाओवादी, रा.प्र.पा.र नेपाल, नेकपा माओबादी, नेकपा माले, नेकपा एकिकृत 
सदस्य : विषयगत समितिका संयोजकहरु (पांच जना)            
सदस्य :अध्यक्ष, धादिङरउद्योग बाणिज्य संघ 
सदस्य : अध्यक्ष, जिल्ला सहकारी संघ 
सदस्य :अध्यक्ष, सामुदायीक वन महासंघ            
सदस्य : नागरिक संजाल
सदस्य :  गैसस महासंघ, लोकतान्त्रीक गैसस महासंघ,         
सदस्य : खानेपानी उपभोक्ता महासंघ
सदस्यः  पत्रकार महासंघ,          
सदस्यः    जिल्ला बाल सञ्जालबाट 
सदस्य : जिल्ला युवा संजाल प्रम’ख 
सदस्य : गाविस राष्टिय महासंघ, जिल्ला अध्यक्ष    
सदस्यः     अन्तरपार्टी महिला सञ्जाल 
सदस्य : दलित, जनजाति, आदीबासीहरु मध्येबाट    
सदस्य : फरक क्षमता भएका संस्थाहरु मध्येबाट
सदस्य : समाजसेवी बौद्धिक व्यक्तित्व मध्ये
सदस्य : गाविस सचिवहरु मध्येबाट 
सदस्य सचिव : योजना अनुगमन तथा प्रशासकीय अधिकृत
    विज्ञ सल्लाहकार
 सभासदहरु
विषयगत समितिहरु
–  आर्थिक विकास समुह ः व.कृ.वि.अ. संयोजक,
–   सामाजिक विकास समुह ः जिल्ला शिक्षा अधिकारी, संयोजक,
–   भौतिक पूर्बाधार विकास समुह ः प्रमख जिल्ला ईन्जिनियर,जिल्ला प्राविधिक कार्यालय संयोजक,
–   वन वातावरण तथा दिगो विकास समुह: जिल्ला वन अधिकृत, संयोजक,
–   संस्थागत विकास: जिल्ला भूसंरक्षण अधिकृत संयोजक,
विषयगत रुपमा नसमेटिने अन्य अन्र्तरसम्वन्धित विषयमा छुट्टै समिति बनाउन सकिने जिल्ला विकास समितिले जनाएको छ ।