मध्यमाञ्चल क्षेत्रीय महोत्सवलाई बुढीगण्डकी आयोजनाको सहयोग रहने

724 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Small copyधादिङ १५ मंसिर – धादिङबेसीमा सम्पन्न हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ लाई भव्य रुपमा सम्पन्न गर्न महोत्सव मुल आयोजक समिति उद्योग वाणिज्य संघ धादिङले तयारीलाई तिव्र पारेको छ । महोत्सवमा मध्यमाञ्चल विकास क्षेत्र भित्रका उद्योग, व्यापारका साथै आर्थिक सम्बृद्धिका बिषयमा पनि बिज्ञहरुसंग छलफल गरिने भएको छ । 
यसैक्रममा महोत्सव मुल आयोजक समिति र बुढीगण्डकी जलबिद्युत्त आयोजना विकास समितिका बिच महोत्सवका क्रममा बुढीगण्डकी जलबिद्युत आयोजनाको अवसर तथा चुनौती बिषयक अन्तरक्रिया गरिने सहमती भएको छ । उक्त कार्यपत्र प्रस्तुतिको लागि बिषय बिज्ञहरु ल्याईने र कार्यक्रमको समन्वय नेपाल सरकार प्रधानमन्त्री कार्यालयका पूर्व सचिव कृष्णहरी बास्कोटा ज्यूले गर्नुहुने उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटीले जानकारी दिनुभयो । धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित बुढीगण्डकी जलबिद्युत आयोजनाको जनस्तर सम्म प्रचार प्रसार गर्न महोत्सवले सहयोग पु¥याउने भएपछि महोत्सव प्रवेशद्धार तथा मञ्च सोही आयोजना झल्कने बनाईने भएको छ यस्का लागि उर्जा मन्त्री राधा ज्ञवालीले महोत्सव आयोजक मुल समितिलाई सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नु भएको छ । 
महोत्सवलाई उपलव्धिमुलक वनाउंदै प्रभावकारी ढंगवाट सम्पन्न गर्न मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को प्रवद्र्धकको रुपमा कृषि ब्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहरभवन ललितपुर रअने भएको छ । महोत्सव आयोजक मुल समिति र कृषि ब्यवसाय प्रवद्र्धन कार्यक्रम ललिततपुर संग आईतवार उक्त सम्झौता सम्पन्न भएको हो । 
त्यसैगरी महोत्सवको प्रचार प्रसारलाई पनि आयोजकले आकर्षक र आक्रामक ढंगवाट अघि बढाउने भएका छन । यसैक्रममा महोत्सवको वारेमा तयार पारिएको सिआरबीटी र पिआरबीटी सार्वजनिक गरिने भएको छ महोत्सव मुल आयोजक समिति सचिवालयद्धारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ ।