धादिङमा १ सय ६७ जना एचआईभी संक्रमित

515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको यसवर्षको नारा ‘शुन्य नयाँ संक्रमण, शुन्य एड्स मृत्यु र शुन्य भेदभाव’ राखिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले करिब ४० हजार जनामा एचआईभी संक्रमण रहेको राष्ट्रिय एचआईभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । ती मध्ये करिब २५ हजार संक्रमितहरु केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्क आउने संक्रमितको संख्या गएको वर्षभन्दा कम भएको जनाइएको छ । उमेर समूहमा सबैभन्दा बढी १५ देखि ४९ वर्षका संक्रमित बढी अर्थात ३४ हजार भएको तथ्यांक छ । धादिङ जिल्लामा १ सय ७६ जना एचआईभी संक्रमितहरु रहेका छन् भने एक सय ५९ जनाले एआरटी सेवा लिईरहेका छन् । संक्रमित मध्ये १६ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।