रसुवागढी नाका आजदेखी खुला हुँदै

425 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

रसुवा, नेपाल–चीनबीच व्यापारिक नाकाको रुपमा रहेको रसुवागढी नाका आजदेखि औपचारिकरुपमा खुला हुँदैछ । आज एक औपचारिक कार्यक्रम गरी नेपाल–चीनबीचको दोस्रो व्यापारिक नाका खुला हुन लागेको हो । अहिले नेपालले तातोपानी नाकाबाट मात्र चीनसँग सामान आयात÷निर्यात गर्दै आएको छ । नाका खुला भएसँगै व्यापारीहरुले नेपाली र चिनियाँ वस्तु आयात÷निर्यात गर्न पाउँछन् । नेपालको तर्फबाट ३ साता अघि नै नाका खुला भएको घोषणा गर्दै अध्यागमन र भन्सार कार्यालयसमेत स्थापना भइसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।