बैरेनी गाविसमा सन्चालन भएको घुम्ति शिविर आज पनि जारी

649 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी गाउँ विकास समितिमा सन्चालन भएको घुम्ति शिविर आज पनि जारी रहेको छ । गाउँ विकास समितिबाट प्रवाह गर्ने सेवाहरु गाउँ गाउँमा पुगेर स्थानीयहरुलाई सेवा दिन उद्देश्यले घुम्ति शिविरको आयोजना गरीएको गाविस कार्यलयले जानकारी दिएको छ । घण्टौ लगाएर गाविस कार्यालयमा पुगेर गर्नुपर्ने काम गाविस सचिवले गाउँमै पुगेर गरिदिएपछि बृद्धबृद्धाहरु झनै हर्सित भएका छन् । दुई दिन सम्म सन्चालन भएको शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् । शिविरमा बृद्धभत्ताको सिफारीस नविकरण,नागरिकताको सिफारीस, जग्गा नामसारी लगायतका सेवाहरु दिने गरीएको छ ।
घुम्ती सेवा शिविर २९ गते सम्म संचालन हुने गाविस सचिव लक्ष्मण भट्टराइले जानकारी दिनुभयो ।