पञ्चैवाजा वजाउन समुहको गठन

707 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Imageधादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन ।

नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा किनेर सहयोग गरेको छ । गाविस कार्यालयले २० हजार र सहास नेपाल सस्थाले २२ हजार आर्थिक सहयोग दिएपछि आंफुहरुले १६ हजार खर्च गरेर एक जोर ड्रेस हालेको प्रगतिशिहल समुहका अगुवा विचारी परियारले वताए ।

गाविस कार्यालय र सहास नेपालको सहयोगमा खरिद गरिएको पञ्चैवाजा मंगलवार एक कार्यक्रमका बिच वेनिघाट गाविसको कार्यालयमा  समुदायलाई हस्तान्तरण गरिएको थियो ।  कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधी, सहास नेपालका कार्यकारी निर्देशक डाक्टर सुरेन्द्रकुमार श्रेष्ठ, सहास नेपालका कार्यक्रम संयोजक हरीराम लोहनी, वेनिघाट गाविसका सचिव रामहरी कंडेल लगायतको आतिथ्य रहेकेा थियो ।