किराञ्चोकमा अभिभावक भेला सम्पन्न

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जुनतारा प्राथमिक विद्यालय किरान्चोकमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विषयमा छलफल गर्नको लागि भेलाको आयोजना गरीएको हो । भेलमा वडा नम्बर ७ का अभिभावकहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक किशोर अधिकारीले जानकारी दिनुभएको छ । जिल्ला विकास समिति धादिङको ५ लाख अनुदान र अभिभावकहरुको श्रमदानबाट भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानध्यापक किशोर अधिकारीले बताउनुभयोे । भेलाले हरिबहादुर तामाङको अध्यक्षतामा ७ सदस्सीय भवन निर्माण समितिको गठन गरिएको छ । एउटा मात्र दरबन्दी रहेको जुनतारा प्राविमा कक्षा पाँच सम्म कक्षा सन्चालन हुदँैँ आईरहेको छ ।