धादिङमा छुट्टाछुट्टै दुई दुर्घटना पांचको मृत्यु

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6607 - Copy copyधादिङ,१७ मंसिर – धादिङ जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुईवटा दुर्घटनामा परि पांच जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन । काठमाण्डौंवाट वाराको जितपुर तर्फ जांदै गरेको ट्रक धादिङको जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको हुग्दिखोलावाट खस्दा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परि दुई जना सख्त घाईते भएका छन ।
SAM_6601 - Copy copyकाठमाण्डौंमा भैसी पु¥याएर जितपुर तफं जांदै गरेको ग १ ख ३९८६ नम्वरको ट्रक बुधवार दिउंसो ११ .३० वजेतिर पृथ्वीराजमार्गको हुग्दिखोलाको पुलवाट ५० फिट तल खोलामा खस्दा चार जनाको ज्यान गएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा पर्सा जिल्लाको चोर्नी गाविस वडा नम्बर ९ का ३७ बर्षिय कुल मोहम्मद देवान,२८ बर्षिय अनिल देवान कानु र १७ बर्षिय अनबर देवान रहेका छन । अर्का एक पुरुषको भने सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो ।
दुर्घटनामा परि ट्रक चालक धादिङको वेनिघाट गाविस वडा नम्बर २ का झम्कनारायण श्रेष्ठ सह चालक गम्भिर घाईते भएका छन । अत्याधिक गतिमा रहेको ट्रक पुलमा पुगेपछि एक्कासी अनियन्त्रित हुंदा सडकवाट ५० फिट तल ढुङगामा वजारिन पुगेको स्थानीयवासीले वताएका छन । ट्रक चालकले मोटर चलाईरहेको वेला मोवाईलमा कुरा गर्दै अघि बढ्दा घुम्ती मोड्न नभ्याएको घट्नाका प्रत्यक्ष दशीस्थानीयले वताएका छन । दुर्घटना पछि स्थानीयवासी शशस्त्र प्रहरी वल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटार, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेका थिए । ट्रकभित्र दुईजना व्यक्ति घाईते अवस्थामा धेरैवेर सम्म उद्धारको याचना गर्दै रोईकराई गरिरहेपनि ट्रकले च्यापेका कारण उनिहरुलाई समयमै उद्धार गर्न नसक्दा च्यापिएकै अवस्थामा उनिहरुको ज्यान गएको थियो । मुग्लिनवाट आएको ¥याकरले ट्रकलाई हल्लाएर शव वाहिर निकालिएको थियो । घाईत दुवै जनाको शिव ज्योती अस्पताल कलंकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
SAM_6590 - Copy copyयसै गरि धादिङको जिवनपुर गाविसमा पर्ने ग्रामीण सडकमा बिद्यालय जांदै गरेका एक वालकलाई वसले ठक्कर दिंदा उनको घटनास्थलमानै ज्यान गएको छ । जिवनपुर गाविस वडा नम्बर ५ का ९ बर्षिय शुरेश नेपालीलाई वा २ ख ६२२७ नम्वरको वसले ठक्कर दिंदा उनको ज्यान गएको हो । नेपालीलाई ठक्कर दिने वस र चालकलाई काठमाण्र्डौको स्वयम्भु प्रहरीले नियन्त्रणमा लिएको छ ।