अपाङग दिवसका अवसरमा शैक्षिक सामाग्री बितरण

793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC00024पोखरा, -२३ औ अन्र्तराष्ट्रिय अपाङग दिवसका अवसरमा शारीरिक अपाङगता भएका छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब पोखरा न्यूरोड र रोट¥याक क्लब अफ न्यूरोड पोखराले सयुक्त रुपमा सिबिआरएस पोखराको सहकार्यमा बिभिन्न बिद्यालयमा अध्ययनरत शारीरिक अपाङगता भएका २५ जना छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
२३ औ अन्र्तराष्ट्रिय अपाङगता दिवस मुल आयोजक समितिले बुधवार पोखरा सभागृहमा आयोजित कार्यक्रममा बाबा फाउण्डेशन र रोटरी क्लब न्यूरोड पोखराका अध्यक्ष दीलिपराज श्रेष्ठले करीव ३० हजार रुपैया बराबरका शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । शैक्षिक सामाग्री प्राप्त गर्नेमा मनिष परियार÷अविनाश अधिकारी÷बिमला कुमारी राइ बिन्धबासीनी उच्च मा वी, अनिता बास्तोला भारती भवन उच्च मा वी, सुमन परियार शान्ति उच्च मा वी, प्रवेश गुरुङ÷शिव श्याम अधिकारी इन्द्र राज्य लक्ष्मी उच्च मा वी, नविन आचार्य÷कोमल बास्तोला÷निमन अधिकारी राष्ट्रिय उच्च मा वी, निको तामाङ बिन्धबासीनी उच्च मा वी बरपाटन र अप्सरा पौडेल भुमेश्वर मा वी धिताल रहेका छन ।
त्यसै गरि जिवन गिरी पृथ्वी नारायण मा वी धम्पुस, सृष्ट्रि आचार्य÷सुमन बास्तोला महेन्द्र मा वी भलाम, प्रकाश बि क शिव शक्ति मा वी, मोहीनी÷महिमा गुरुङ फिस्टेल बोर्डिङ स्कुल, सुरेश गौली कालिका उच्च मा वी, निरज गुरुङ÷टुक माया गुरुङ ज्वोति कुञ्ज बोर्डिङ स्कुल, उज्जल राना गण्डकी बोर्डिङ स्कुल, सुनिल परियार माछापुच्छ्रे उच्च मा वी र बिकास बि क प्रगतिशिल उच्च मा वी रहेका छन ।