लागु औषध गांजा र चरेश जलाएर नष्ट

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0439 - Copy copyधादिङ,- लागु औषध गांजा तथा चरेश उत्पादन र बिक्री वितरण हुन नदिन विभिन्न अभियान संचालन गर्दै आईरहेको धादिङ प्रहरीले विहीवार ४१ किलो ६ सय ६० ग्राम गांजा र चरेश जलाएर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा प्रहरीले विहीवार अवैध लागु औषध गांजा र चरेश जलाएर नष्ट गरेको हो । मंसिर ६ गते नौविसे गाविसको वडा नम्बर ८ वाट एकवालकको साथवाट बरामद भएको ३१ किलो १ सय ६० ग्राम लागू औषध गांजा र मंसिर ५ गते बेलुका पिडा गाविसको वडा नम्बर २ वाट वेवारिसे अवस्थामा वरामद गरिएको १० किलो ५०० ग्राम चरेश विहीवार जलाएर नष्ट गरिएको हो ।
धादिङ जिल्लामा लागु औषध गांजा र चरेशको उत्पादन तथा विक्री वितरण रोक्नका लागि प्रहरीले गाउं गाउंमा पुगेर गांजा खेती नष्ट गर्ने अभियान संचालन गर्दै आईरहेको छ । प्रहरीले अभियान संचालन गरेपनि धादिङ जिल्लामा गाँजा तथा चरेश उत्पादनमा कमी आउन सकेको छैन । तस्करहरुले पछिल्लो समयमा वालवालिकालाई प्रयोग गरी प्रहरीको चेकजांच छलेर गाँजा चरेश ओसार पसार गराउने गरेको पाईएको छ । मंसिर ६ गते १४ बर्षका एक वालकको साथवाट ३१ किलो १ सय ६० ग्राम गाँजा वरामद भएपछि राजमार्ग क्षेत्रमा सवारी साधनको चेकजांचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वाशुदेव थापाले वताउनु भयो ।