पकेट क्षेत्रमै सुन्तला उत्पादन २५ प्रतिशत घट्यो

1880 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ,  – सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको धादिङमा यो वर्ष सुन्तला उत्पादन घटेको छ । गएको वर्ष भन्दा यो वर्ष धादिङमा सुन्तला उत्पादन २५ प्रतिशत कम भएको छ उज्यालो अनलाईनले खबर लेखेको छ ।  धादिङको सुनौलाबजार, नलाङ, धुषा, महादेवस्थान, ज्यामरुङ र जोगिमारा लगायतका गाविसमा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुने गरेको छ । फूल फुल्ने र फल लाग्ने बेलामा मौसममा आएको फेर बदल, हावाहुरी र सुन्तलाको बोटमा देखिएको रोगका कारण उत्पादन घटेको जिल्ला कृषिविकास कार्यालय धादिङले जनाएको छ । सुन्तला उत्पादन घटेपछि जिल्लाका व्यवसायिक सुन्तला किसानहरु मर्कामा परेका छन । जिल्ला कृषि विकास कार्यालय धादिङका सहायक बागवानी अधिकृत गोविन्दमान श्रेष्ठका अनुसार जिल्लाको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको सुन्तला जलवायु परिर्वतनसँगै खेती गर्ने तरिका र रोग तथा उपचारको बारेमा सामान्य ज्ञान नहुँदा उत्पादनमा कमि हुँदै गएको हो ।  केही वर्ष यता सुन्तलाको पकेट क्षेत्रहरुमा एक वर्ष बढी र अर्को वर्ष कम फल्ने गरेकोमा गएको तीन वर्षयता भने सुन्तलाको बोट मर्दै जान थालेपछि उत्पादन नै निकै घट्न पुगेको श्रेष्ठले बताउनुभयो । धादिङमा अहिले करीब ५ सय ९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जोगिमाराको जवाङ, जयपुरी, भार्पाङ, धुषाको स्यादुल, नलाङ, महादेवस्थान, ज्यामरुङ लगायतका गाविसका विभिन्न गाउँमा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । orange dhading 1जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको बगैंचा व्यवस्थापनमा सुधार आएको दाबी गरेपनि सुन्तला उत्पादन भने वर्षेनी घट्दै गएको जोगिमारा गाविस भारपाङका किसान टापवहादुर श्रेष्ठ बताउनुहुन्छ । रोग लगेर सुन्तला बोटमा मर्न थालेपछि वार्षिक तीन करोड भन्दा बढिको सुन्तला निर्यात गर्ने धादिङका सुन्तला कृषकहरु अहिले वैकल्पिक खेतीको खोजीमा लागेका छन् ।